मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

महानायकको नाममा `रौडी राठोर` को स्क्यान्डल

फिल्मीखबर, काठमाण्डौ, 2012/05/31

भोली शुक्रबारदेखि रिलिज हुन लागेको अक्षय कुमार अभिनित बलिउड फिल्म रौडी राठोरमा महानायक राजेश हमाल स्पेशल भूमिकामा रहेको भन्ने झुठो खबर छर्दै फिल्मको नेपाल  पब्लीसिटी स्टण्ड गर्न खोजिए पनि सो स्टण्ड फेल खाएको छ ।

 
रौडी राठोरका वीकिपिडियामा पेज मार्फत सो फिल्ममा राजेश हमाल एक स्पेशल भूमिकामा रहेको भन्ने खबर बुधबार देखि बाहिरिएपछी यो बिषयले स्वयम महानायक पनि हैरान भएका छन् । महानायक  प्रमुख सल्लहाकार रोशन हमालले पनि यो खबरले आफुहरु अच्च्मित भएको बताए । महानायकले सो फिल्ममा खेलेका छैनन् तर विकिपिडयामा गलत अपडेट भएपछी यो बिषयले सम्पूर्ण नेपाली  मिडियाको ध्यान खिचेको छ । यस्तै विकिपिडियामा सो खबर पोष्ट भए लगत्तै नेपाल स्थित क्यूएफएक्स च्यानलले पनि आफ्नो फेसबुक पेजमा बुझदै नबुझी सो खबरलाई हर्षित शैलीले पोष्ट गरेको छ । 
 
क्यूएफएक्सको फेसबुक पेजमा विकिपिडयाको दावी अनुसार रौडी राठोरमा राजेश हमाल प्रहरीको स्पेशल भूमिकामा खेलेका छन् । तसर्थ हाम्रो सुपरस्टारलाई बलिउड फिल्ममा हेर्न पाउदा तपाई उत्साहित हुनु भएको छ भन्ने आफ्नो विचार ब्यक्त गर्नुहोला भन्दै मत सर्वेछण गर्न खोजिएको छ । जसबाट के पुष्टी हुन्छ भने हमालको बिषयमा स्वयम क्यूएफएक्सजस्तो प्रतिष्ठीत कम्पनीले हचुवाको भरमा खबर सार्वजनिक गर्दै स्क्याण्डन मचाउदै बिजेनस बढाउन खोजेको  देखिन्छ  । 
 
विकिपिडयाको  अपडेटबाट गलत खबर बाहिरिएपछी संचारकर्मी सोलक्यले ट्वीटरमा ब्यग्य प्रहार गर्दै लेखेका छन्, 'कुन चैं उट्पट्यांगेले विकिपिडियामा बिगारिदिएछ़, सब हल्लाको पछि लागे । विकिपिडिया 'वेद' हैन लेखेका सबै कुरा पत्याउन  ।'