मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भित्तामा पोष्टर नटाँस्ने बिषयमा महानगरपालिका र निर्माता संघ बीच पहिलो चरणको सहमति

फिल्मीखबर, काठमाडौँ, 2012/05/31

सम्पूर्ण फिल्मकर्मीलाई एउटा नयाँ खबर आउदो श्रावण महिना देखि अब तपाईलाई सडक चोकका भित्तामा फिल्मको पोष्टर टाँस्न पाउनु हुने छैन । काठमाण्डू महानगरपालिकाले ल्याएको पेपर फ्रि योजना अन्र्तगत बुधबार निर्माता संघका पदाधिकारी बिच भएको पहिलो चरणको बार्ता अनुरुप सडकका भित्तामा पोष्टर टाँस्ने कार्यको   विकल्प खोजिएको हो । 

 
महानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, कार्यान्वयन प्रमुख धनपति सापकोटा, बातावरण विभागका प्रमुख शान्तिराम पोखरेल तथा निर्माताको पक्षबाट अध्यक्ष राजकुमार राई, उपाध्यक्ष आकाश अधिकारी, सचिव सुरेश दर्पण पोखरेल र सदस्य निलहरी काफ्लेको बार्ता टोलीले पोष्टर टाँस्ने विषयको विकल्प खोज्ने बिषयमा पहिलो चरणको सहमति गरेको हो । सहमति अनुसार नगरपालिकाले राजधानीका एक दर्जन बढी एरियामा ब्यवस्थित पोष्टर टाँस्न फलामको पिलर उपलब्ध गराउने तर्क अघि सरेको छ । यध्यपी कति स्थानमा पिलर खडा गरिने भन्ने बिषयको आन्तिम टुंगो  निर्माता संघले प्रपोजल बुझाएपछी मात्र नगरपालिकाले पारित गर्नेछ ।  
 
'हामीले राजधानीलाई पूरै पेपर फ्रि गर्न लागेका हौ त्यसैले अन्य पोष्टर पमप्लेट झै फिल्मको पोष्टर पनि कहि कतै नटाँस्ने योजना भए पनि उहाँहरुको आग्रह बमोजिम केही समयका लागि सिमित एरियामा पोष्टर टाँसिने छ', कार्यकारी प्रमुख अधिकारीले पहिलो चरणको बार्ता पश्चात भने । यता निर्माता संघका अध्यक्ष राईले तत्काल यो बिषयको निर्णयको अधिकार आफूहरुमा मात्र नभई सम्पूर्ण सदस्यमा रहेको भन्दै कार्यसमितिको बैठकबाट कुन स्थानमा कतिको संख्यामा पिलर राखिने बिषय माथि टुङ्गो लगाईने बताए ।
 
 
संघले नगरपालिकालाई पूर्ण रुपमा पेपर फ्रि गर्ने भए डिजिटल डिस्प्ले बोर्ड आफूहरुलाई उपब्लध गराउन माग गरेको  थियो तर यो बिषयमा नगरपालिकाले तत्काल निर्णय दिन सकेको छैन । संघले शुक्रबार बिहान ११ बजेका लागि यो बिषयमा छलफल गर्न कार्यसमितिको बैठक डाकेको छ । जसबाट पोष्टर ब्यवस्थित गर्ने बिषयमा संघले आफनो आधिकारिक धारणा तय गर्ने छ । 
 
पोष्टर पूर्ण रुपमा हटाउने बिषयको लागि दोस्रो चरणको बार्ता पन्ध्र दिन भित्र गर्ने गरी लिखित सहमति गरिएको छ । जुन बार्ताबाट सम्भवत यहि असार महिना देखि फिल्मको पोष्टर जथाभावि नटाँस्ने बिषयमा नगरपालिकासंग सम्झौता हुने छ । सो सम्झौता पश्चात बिजुलीको पोलमा पनि फिल्मको होर्डिङ बोर्ड झुन्डाउन पाइने छैन । काठमाण्डू टेरिटोरीका सम्पूर्ण होर्डिङ बोर्ड हटाउन यहि योजना अन्र्तगत महानगरपालिका द्रुत गतिमा अघि बढदै छ । जस अन्तर्गत राजधानीका हरेक घरको छतमा हुने  गरेको अब्यवस्थित होर्डिङ बोर्ड खेतीलाइ पूर्ण नियन्त्रण गरि राजधानी सफा बनाउने योजनामा सफल हुने महानगरपालिकाले लक्ष्य लिएको  छ ।