
श्रावण १८ गतेका लागि मोफसल र १९ का लागि राजधानी रिलिज डेट तोकिएको मेघा बजेटको फिल्म 'मायाज बार' को फस्ट लुक स्वरूप २१ सेकेण्डको भिडियो सार्वजनिक गरिएको छ । दर्शकको प्रतिक्रिया लिन निर्देशक दिनेश डिसीले फस्टलुक सार्वजनिक गरेको बताउँदै छिट्टै नै फिल्मको गीत र प्रोमो सार्वजनिक गर्ने बताए ।
सुनिल मानन्धरले निर्माण गरेको उक्त फिल्ममा निशा अधिकारी, गजित बिष्ट, करिष्मा मानन्धर, राजेश हमाल मुख्य भुमिकामा छन् । बागबजार स्थित सिने जोनमा पोष्टप्रोडक्सनको काम भईरहेको फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । यो फिल्म अहिले उच्च लगानी मात्र नभई राम्रो मेकिङमा बनेको हुन सक्ने भन्ने आँकलनका साथ चर्चामा छ ।