मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.65/5.00)
Text size:-
+
-

एटिएम टिमको कुतर्क `प्रोमो आधिकारिक हैन`

फिल्मीखबर, काठमाण्डौ, 2012/05/30

गल्ती गर्नेले जव सर्वत्र आलोचना खेप्छ तव उसले विभिन्न बहानाबाजी निकाल्दै आफूलाई चोखो राख्न जुन सुकै तर्क अघि सार्न पछि पर्दैन । र, यस्तै तर्क एटिएम टिमले पनि गरेको छ । समग्र फिल्म उद्योगको बेईज्जत गर्ने गरी अश्लिल सम्बाद सहितका प्रोमो सार्वजनिक गरिएपछी एटिएम विरुद्ध चलचित्र बिकास बोर्डले केही फिल्मकर्मीको लिखित निवेदनको आधारमा सेन्सर बोर्डलाई आफ्नो तर्फबाट पनि लिखित निर्देशन दिदै कारबाही प्रकि्रया अघि बढाउन आग्रह गरेपछी सो टिम आफ्नो गल्तीलाई ढाकछोप गर्न लागि परेको छ ।


गल्ती भयो त भन्न परै जाओस आफैले फेसबुबकमा शेयर गरेको प्रोमोलाई ४८ घण्टा पश्चात निर्माता दिनेश थापाले अरु कसैले लिक गरिदिएको भन्दै विवादबाट पन्छिन् खोजेका छन् । बुधबार अपरान्ह एक प्रेस विज्ञप्ती जारी गर्दै थापाले हाल डविङको क्रममा आफ्नो फिल्म रहेकाले सम्पादनको क्रममा स्टूडियोबाट केही दृश्यहरु प्रोमोको रुपमा विना जानकारी सार्वजनिक भएको भन्दै विवादबाट पन्छिन् खोजेका छन् । आधिकारिक प्रोमो नबनाईएको भए उनी आफैले आफ्नो फेसबुक वालमा किन सो प्रोमो शेयर गरे ? प्रश्न उनलाई ।

 

एटिएमको सम्पादन बागबजारमा रहेको ईको मिडियामा भएको हो जसलाई तीन जना सम्पादकले सम्पादन गरेका हुन् । निर्माता थापाका अनुसार दुई जना सम्पादकबाट चित्त न बुझेपछी उनले तेस्रो ब्यक्ति दावा शेर्पाबाट फिल्मको सम्पादन सकेका हुन् । सार्वजनिक गरिएको प्रोमोमा प्रोमो वाई दावा शेर्पा भनि लेखिएको छ । दावा कुनै एक न्यूज टेलिभिजन च्यानलसंग आवद्ध भिजुअल सम्पादक रहेको बुझिएको छ । तर प्रोमो सार्वजनिक गरिएको बिषयमा  दावासंग फिल्मीखबरले सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । प्रोमोलाई विना आधारिक सार्वजनिक गरिएको बिषयमा सम्पादक शेर्पाले के प्रतिक्रिया दिन्छन् सो बिषयमा फिल्मीखबरको फलोअप जारी रहने छ ।

 

 

ब्लु फिल्म सरह निर्माण गरिएको सो फिल्ममा थापा आफै मुख्य कलाकार भएर खेलका छन् । जो यस अघि प्रोड्यूसरको भूमिकामा असफल भईसकेका हुन् । यस्तै उनले लिएका असफल निर्देशक यादव सिलवालको  एटिएमको मेकिङ शैलीले समग्र उद्योगले बेईजती खेप्नु परिरहेको छ । जारी गरिएको प्रेस विज्ञप्तीमा थापाले प्रोमो हेरेर दर्शक तथा सञ्चारकर्मीले गरेको टिप्पणी प्रति आफूहरु गम्भिर भएको भन्दै चाडै नै फिल्मको पोष्टर लगायत प्रोमो प्रेस मिट मार्फत सार्वजनिक गर्ने उल्लेख गरेका छन् । अब अफिसियल रूपमा जस्तो प्रोमो सार्वजनिक गरे पनि फिल्मले उठान गरेको बिषय र त्यसमा रहेका डाईलग कस्ता छन् भन्ने कुराको अनुमान दर्शकले लगाई सकेका छन् ।
 

नोट: यो समाचार तयार पारूञ्जेल (बुधबार रातको ९)  सम्म ४८ घण्टामा एटिएम प्रोमोको यु ट्युव भिजिटर ९९ सय हजार ३३(झण्डै  एक लाख) पुगेको छ । जहाँ शत प्रतिशत गाली गर्दै सो टिमलाई दर्शकले कमेन्ट गर्दै सरोकारवाला पक्षसंग कारबाहीको माग गरेका छन् ।

 

 

 

 

 

दिनेश आफैले फेसबुकमा शेयर गरेको प्रोमोको स्क्रिन क्याप्चर