मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा कवच/ शुक्रबारबाट देशभर सम्झिराख है

अर्पण ढकाल, धरान, 2012/05/30

बैशाख २२ बाट उपत्यकाका सिनेमा घरहरु मार्फत प्रदर्शनमा आएको फिल्म 'कवच' आज बुधबारबाट पूर्वका हलमा समेत रिलिज भएको छ । विभिन्न माग राखेर जातीय पार्टी र राजनीतिक दलले देशभर बन्द हड्ताल गरे पछि फिल्म पूर्वमा रिलिज हुन पाएको थिएन । संबिधान सभाको बिघटनसंगै सम्पूर्ण बन्दहरु फिर्ता भएपछि फिल्मले पूर्वका हलमा प्रदर्शनको पालो पाएको हो ।


फिल्म आजबाट दमकको पाथिभरा चित्र मन्दिर र बेलबारीको शारदा चलचित्र मन्दिरबाट प्रदर्शनमा आएको छ । त्यस्तै भोलिबाट फिल्म धरानको गणेश टाकिज,पथरीको कन्चन र बिर्तामोडको अन्नपुर्ण टाकिजमा समेत लाग्ने छ । उपत्यका भित्रका हलमा औसत व्यापार गरेको फिल्मले आज पूर्वका दुई हलमा राम्रो ओपनिंग कलेक्सन गरेको जानकारी वितरक चैतन्य बरालले दिए । राजेश हमाल ,बिराज भट्ट ,सुशील क्षेत्री, रेखा थापा र झरना थापा जस्ता मल्टी स्टार कलाकारको भिड रहेको फिल्मले पूर्वमा राम्रो कलेक्सन गर्नेमा बराल बिस्वस्त छन् ।

 

यस्तै बन्द हडतालले गर्दा रिलिज डेट पोष्टपोण्ड भएको फिल्म 'सम्झिराख है' पनि पर्सी शुक्रबारबाट देशभरका हलमा लाग्ने भएको छ । खासगरी हाँस्य र संवेदनालाई एकैसाथ प्रस्तुत गरिएको फिल्मलाई रिम बिश्वकर्माले निर्देशन गरेका हुन् । फिल्ममा कविता खकुरेल निर्माताको रुपमा छिन् भने सह-निर्माताको रुपमा सञ्जय श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्माको संगीत छ । सुमन सिंह, जीके शर्मा, गणेश गिरी, अर्चन केसी, प्रेम पुरी, रविन्द्र खड्का, सुशील पोखरेल, विनोद मानन्धर लगायतका कलाकारहरु रहेको फिल्म सम्झिराख हैबाट अस्मिता कँडेलले डेब्यू गरेकी छिन् ।