मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउन ५ मा हाइवे चल्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/05/30

फिल्म हाइवे टिमले साउन ५ गतेका लागि आफ्नो फिल्मको रिलिज डेट फिक्स गरेको छ । असार १ गते रिलिज हुने भनिएको फिल्म देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा पोष्टपोण्ड गरेको जानकारी गराएको थियो । फिल्मका वितरक नरेन्द्र महर्जनले साउन ५ मा त जसरी पनि फिल्म चलाउने बताए ।

 

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुले भोगेका विभिन्न उतारचढावका कथाहरूलाई मुख्य कथाबस्तु बनाएर फिल्म निर्माण गरिएको हो । इलामबाट काठमाण्डौ हिंडेको बस र त्यसमा सवार यात्रुहरूको कथाको साथमा फिल्ममा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेको पिडा तथा र लेज्बियन रिलेशन शिपको कथालाई बिषयबस्तु बनाईएको छ ।

 

दिपक रौनियारले निर्देशन गरेको फिल्म 'हाइवे' लाई आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा पत्रकार रबिन्द्र मिश्रले अभिनय गरेका छन् ।