मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडामा `माया त माया हो` को च्यारिटी/ शुक्रबारबाट राजधानीमा चल्दै

फिल्मीखबर, हेटौंडा, 2012/05/30

सम्पुर्ण दृश्य हेटौंडामा छायाँकन गरिएको नेपाली फिल्म 'माया त माया हो' को च्यारिटी सो आज बुधबार सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखा र क्योकुशिन बुदोकाई कराते संघको संयुक्त आयोजनामा गत ४ गते गर्ने भनिएकॊ च्यारेटी सो बन्द हडतालका कारण स्थगित भई आज सम्पन्न भएको हो । 

 

ओम चलचित्र मन्दिर हेटौंडामा देखाएको फिल्म हेर्नको लागी स्थानिय दर्शकहरूको उल्लेख्य सहभागीता रहेकॊ संघका मकवानपुर शाखा सचिब मणिराज गौतमले जानकारी दिए । चार बर्ष अघि निर्माण गरिएको सो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । हेटौंडाकै बिनोद अर्यालले निर्माण गरेको फिल्ममा निखिल उप्रेती, सञ्चिता लुईटेल, तुलसी घिमिरे, सन्दिप सापकोटा, शान्ति प्रिय, सुरज आरडी, बिएस राणाको साथमा हेटौंडाका स्थानिय कलाकारहरूको अभिनय रहेको छ ।


चेपाङ बस्तीको शिक्षा क्षेत्रमा पर्न गएको समस्यालाई मुख्य केन्द्रबिन्दु बनाई निर्माण गरिएको यो फिल्म यहि शुक्रबारबाट राजधानीका हलहरूमा लाग्दैछ । क्यू सिस्टमबाट रिलिज हुन लागेको यो फिल्म मोफसलमा भने रिलिज भईसकेको छ । फिल्ममा बसन्त सापकोटाको संगीत सुन्न सकिनेछ । यस्तै फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, गोबिन्द राईको करियोग्राफी, रोशन श्रेष्ठको द्धन्द र शान्ति प्रियको गीत रहेको छ ।