मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

अश्लिल फिल्मको बिषयमा निर्देशकको प्रश्न प्रति सम्पूर्ण पक्षको ध्यानाकर्षण

फिल्मीखबर, काठमाण्डौ, 2012/05/29

समाजिक अराजकता निम्त्याउने प्रकृतिको फिल्म निर्माण संख्या ह्वात्तै बढेपछी अहिले समग्र उद्योगमा नेपाली फिल्म कतातिर भन्ने बहस चलिरहेको छ । जस कारण सेक्स ओरेन्टेड ईशुलाई सस्तो प्रचारवाजी गर्दै फिल्म निर्माण भईदिदा उद्योगले अलिकति पाएको ईज्जत पनि गुम्ने खतरा बढेको छ ।

 

कानुनत नेपालमा ब्लु फिल्म निर्माण गर्न छुट छैन तर निलो (ब्लु) फिल्म झल्कने प्रकृतिको फिल्म निर्माण प्रक्रिया खुलेआम बढेपछि यो बिषयमा फिल्मकर्मीको अभिभावक संस्था चलचित्र बिकास बोर्डको ध्यानकर्षण त्यति भएको पाईदैन । यध्यपी मंगलबार दिउँसो प्रशन्न पौडेलको नेतृत्वमा गएको ६ जना निर्देशकको टोलीले बोर्डलाई अश्लिल फिल्मको बारेमा लिखित रुपमै ध्यानकर्षण गराएपछी बोर्डले एक्सन लिएको छ ।


एटिएम भन्ने फिल्मको प्रोमोलाई लिएर फिल्मीखबरले ईशु उठाए लगत्तै देश विदेशबाट समेत चलचित्र बिकास बोर्डले यो बिषयमा उपयुक्त निर्णय गर्नुपर्ने चर्को दवाव ईमेल मार्फत आएपछी बोर्डले यस्ता फिल्मको बिषयमा ध्यानकर्षण भएको जनाएको छ । '६ जना निर्देशकहरुले निवदेन लिएर आएपछी हामीले पनि यो बिषयलाई गम्भिरता पूर्वक लियौं र यो बिषयमा ध्यानकर्षण गराउन आजै सेन्सर बोर्डलाई पनि पत्र काटेका छौ', बोर्ड प्रवक्ता विकास आचार्यले भने ।

 

विशेष त एटिएम भन्ने फिल्ममा देखाईएको दृश्य र सम्बादको बिषयमा बोर्डले पनि गम्भिर आपत्ती जनाउदै यस्ता फिल्म बनाउन छुट नभएको तर्क गरेको छ । यस्तै बोर्डले सेन्सर अघिनै यु ट्युवमा प्रोमो फाल्ने प्रक्रिया पनि गलत भएको भन्दै बोधार्थ निवेदन मार्फत सेन्सरको ध्यानकर्षण गराएको छ । प्रशन्नको नेतृत्वमा रहेको टोलीले आजै चलचित्र निर्देशक समाजको पनि यो बिषयमा ध्यानकर्षण गराएको छ ।

 

फिल्मीखबरसंग कुरा गर्दै समाजका अध्यक्ष विमल पौडेलले यो बिषयमा दिनभर समाजको कार्यालयमा छलफल गर्दै बुधबार बिहान ११ बजेका लागि निर्माता संघसँग छलफल कार्यक्रम राखेको जानकारी गराए । पौडेलका अनुसार अश्लिल फिल्म बनाएर चर्चा  बटुल्न खोज्ने फिल्मकर्मीलाई सो बैठकले निरुत्साहित पार्ने खालको कुनै योजना तय गर्नेछ । यस्तै यहि बिषयमाथि केन्द्रित रहेर समाजले आउदो जेठ २३ गते मंगलबारका लागि नेपाली फिल्म उद्योग अब कता तिर ? भन्ने शिर्षकमा बहस कार्यक्रम गर्ने भएको छ । अध्यक्ष पौडेलले भने, 'अराजकता बढेपछी फिल्मसंग सम्बन्धीत सवै विद्याका ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरिन लागिएको हो । जहाँ फिल्मसंग अबद्ध रहेका दिग्गज ब्यक्तिहरुले प्रवचन दिदै ओपन फ्लोरमा दोहोरो बहस हुने छ ।'


 यसैगरी अश्लिलि फिल्म निर्माण शैलीले अराजकता फैलाएको बिषयमा निर्माता संघले पनि  कडा आपत्ती जनाएको छ । फिल्मीखबरसंग कुरा गर्दै अध्यक्ष राजकुमार राईले भने, 'सुरक्षित ब्यावसाय गर्न पाईन्छ तर समाजमा अराजकता फैलाउने प्रकृतिको ब्यावसाय गर्ने मनाशाय भएको ब्यक्ति प्रति संघको पनि कडा अपत्ती छ ।' उता चलचित्र संघले पनि अराजक प्रकृतिको फिल्म निर्माण गर्ने शैली प्रति कडा आपत्ती जनाउदै अश्लिलताको बाटोमा उद्योगलाई लैजान खोज्नेहरुका कारण ठूलो घाटा लाग्ने बताएको छ ।  संघका महासचिव प्रदिप उदयले संघले यो बिषयमा आधिकारिक रुपमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । उदयले भने, 'ग्ल्यामरलाई छाडापनको रुपमा प्रस्तुत गर्दा यो बिकृति आएको हो ।


यहाँ विकृति देख्दा देख्दा पनि आँखा चिम्लने ब्यक्ति धेरै छन् तर हिम्मतका साथ चलचित्र बिकास बोर्ड लगायत अन्य संघसंस्थाको ध्यानकर्षण गराउन सफल भएका निर्देशक प्रशन्न पौडेल, बद्री अधिकारी, सुरेश दर्पण पोखरेल, रामराजा दाहाल, सुमन दाहाल र जनक खकुरेललाई धन्यावद दिनै पर्छ जसले उद्योगमा बढ्दै गएको अश्लिताको बिषयलाई ठूलो बहसको रुपमा उठाउन सफल भएका छन् । जुन बहसमा प्रतक्ष्य सहभागीता रहने गरी र यस  किसिमको अराजकतालाई अन्त्य गर्न फिल्मीखबर सधै तत्पर रहनेछ ।