
फिल्म निर्माण शैलीको पनि एउटा सिमा हुन्छ । यहाँ त त्यो सिमा भन्ने चिजलाई दुरविन लगाएर समेत नदेखिने अवस्था आईसक्दा पनि चलचित्र बिकास बोर्डले यो बिषयमा ध्यान दिएको देखिंदैन ।
विकास बोर्डले यो बिषयमा कानमा तेल हालेर बस्दा सुध्रिएको फिल्मी माहोल फेरी धारासायी बन्दै गएको छ । यथार्थ परक शैलीमा लुट र चपली हाइटले सफलता पाएको भन्दै असफल भईसकेका केही फिल्ममेकरहरूले सेक्स ओरेन्टेड फिल्मको नाममा यहाँ छाडा फिल्म बनाएपछी उद्योग ध्वस्त हुन लागेको हो । समग्र फिल्म कस्तो होला थाहा छैन तर यादव सिलवालले निर्देशन गरेको फिल्म एटिएमको प्रोमोमा देखिएको सम्बाद आपाच्य भएपछी अब उद्योग कता तिर भन्ने बिषयको बहस हुन जरूरी छ ।
भोलिका दिनदेखि यो बहस कसरी अगाडी बढ्ला पक्कै थाहा हुने छ तर आज केही निर्देशकहरूले यस्ता फिल्मले क्रिएटिभ फिल्ममेकरहरूको अपमान भएको निस्कर्ष निकाल्दै विकास बोर्डको ध्यानाकर्षण गराउने भएका छन् । प्रशन्न पौडेलको नेतृत्वमा ६ जना निर्देशकहरू आज दिउँसो २ बजे विकास बोर्ड पुगी अश्लिलि फिल्म निर्माणमा लगाम लगाउन बोर्डलाई आग्रह गर्दैछन् । फिल्मीखबरले सोमबार एटिएमको प्रोमोलाई अश्लिलताको पराकाष्टा शिर्षकमा समाचार प्रस्तुत गरेपछि फिल्ममेकरहरूले यस्तो फिल्मलाई रोक लगाउनका लागि बोर्डलाई दबाव दिन लागेका हुन् ।
डेलिगेशन जाने समयमा प्रशन्नले भने, 'सेक्स फ्रि नभएको यो मुलुकमा खुलेआम छाडा सम्बाद प्रयोग गरिएका फिल्मलाई बोर्डले रोक्नु पर्यो हैन भने ब्लु फिल्म बनाउन स्वीकृति दिनु पर्यो नभए अन्य फिल्मसंगै दाजेर यसरी उद्योगकै बेईज्जत हुने गरी प्रचार वाजी गर्न दिनु भएन ।' यस्तै प्रशन्नले सेन्सर प्रक्रियालाई कडा बनाउन बाध्यात्मक स्थिति समेत देखापरेको भन्दै यु ट्युवमा प्रोमो सार्वजनिक गर्न पनि बोर्डबाट सर्वप्रथम स्वीकृति लिनु पर्ने नियम लागु गराउन आफुहरुले पहल गर्ने बताए ।
प्रशन्नको नेतृत्वमा सुरेश दर्पण पोखरेल, रामराजा दाहाल लगायत केही निर्देशक दिउँसो २ बजे बोर्ड पुग्दैछन् । डेलिगेशनमा उनीहरूले सेन्सर भए पनि बेला बेलामा विभिन्न हलमा विना सेन्सर फिल्म देखाउने परिपार्टी प्रति पनि बोर्डको ध्यानकर्षण गराउने भएका छन् । उद्योग नै बेईज्जत हुने गरी निर्माण गरिएको एटिएम भन्ने फिल्मको प्रोमो हेर्नुस् अनि तपाईपनि बिचार ब्यक्त गर्नुस् ! के यस्तो फिल्म बनाउन पाईन्छ ?