मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

एक साता देखि आर्यन सिकिस्त

फिल्मीखबर, काठमाण्डौ, 2012/05/29

विरामी हुँदा तातो पानी तताएर दिने मान्छे समेत नभएपछी आर्यन सिग्देल अहिले आफ्नो लाईफदेखि बोर मानिरहेका छन् । हुन त उनी कुन बेला ईन्जोय गर्छन् त्यो स्वयम उनलाई थाहा छैन तर एक हप्तादेखि विरामी परेर थलिएपछी अहिले उनको मनमा विभिन्न कुराले डेरा जमाएपछी उनी चिन्तित भएका हुन् ।

 
एकातिर साता महिनाको अन्तरालमा खेलेको नयाँ प्रोजेक्ट धुँवालाई चलचित्र विकास बोर्डले दर्ता विना सुटिङ गरिएको भन्दै अवैधानिक ठहर्याउनु र उनी विरामी हुनु करिब एकै पटक हुँदा उनलाई चिन्ता माथि चिन्ता थपिएको हो । ज्वरो सहित रुघाखोकी र टनसिलले निकै च्यापेपछी उनी फोन सम्बाद पनि गर्न नसक्ने अवस्थामा छन् । जसकारण उनले पब्लिक  मोबाईल फोन पनि अफ गरेर राखेका छन् । उनले फेसबुकमा आफू निकै विरामी भएको खबर पोष्ट गर्दै साथीहरुलाई स्वस्थ्य भएपछी सम्पर्क गर्ने जनाएका छन् । 
 
यस्तै फोन सम्बाद गर्न नसकेपछी फिल्मीखबरसंगको अनलाईन च्याटमा उनले आज हस्पिटल गएर चेकअप गर्ने बताएका छन्   । लाजिम्पाटमा बस्दै आएका आर्यन दुई महिना देखि महाराजगंज सरेका छन् जहाँ उनको दैनिकी एक्लै वित्ने गर्छ । उनी अभिनित फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' रिलिजको तयारी छ । सिकिस्त विरामी भएका आर्यनलाई फिल्मीखबर शिघ्र स्वास्थ्य लाभको कामना गर्छ ।