मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 5.00/5.00)
Text size:-
+
-

`एटिएम` अश्लिलताको पराकाष्टा !

फिल्मीखबर, काठमाण्डौ, 2012/05/28

पछिल्लो समय नेपाली फिल्म मेकरहरू सस्तो लोकप्रियताका लागि सेक्सका कथाहरूलाई उठान गरेर फिल्म निर्माणमा हौसिएका छन् । अझ भनौं नेपाली समाजले नै पचाउन नसक्ने खालका फिल्म बन्न थाले पछि नेपाली फिल्मी क्षेत्र कुन बाटोमा जान थालेको हो भन्ने प्रश्न अहिले हरेकको मनस्पटलमा छाईरहेको छ ।

 

सुटिङका बेला देखिनै नकारात्मक चर्चा पाएको फिल्म एटिएम पनि सेक्सलाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म हो । यादव सिलवालको निर्देशनम दिनेश थापा, जिया केसी, सबिना कार्की र कुष्मा बुढाथोकीको अभिनय रहेको सो फिल्मको हल ट्रेलर रिलिज गरिएको छ । यदि तपाईं यो प्रोमो हेर्न लाग्नु भएको छ भने दायाँ बायाँ आफ्नो परिवार र आफन्तको ख्याल गर्नुहोला !