मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.10/5.00)
Text size:-
+
-

थ्री लभर्स : फस्टलुक र गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/05/28

सस्पेन्स थ्रीलर फिल्म 'थ्री लभर्स' को फस्टलुक र गीत फिल्मीखबर मार्फत रिलिज गरिएको छ । 'एउटा अनौठो प्रेमकथा' सोलोगन राखि निर्माण गरिएको सो फिल्मको फस्ट लुकमा तीन मुख्य पात्रको चरित्रलाई फोकस गरिएको छ ।

 

स्वप्निल आचार्यले तयार पारेको फस्ट लुकमा प्रियंका कार्कीलाई 'इन्ट्रोड्यूस' गराएको जानकारी दिंदै फिल्ममा उनी एक प्रेमीको चरित्रमा रहेको प्रस्ट्याईएको छ । यसैगरी देबु श्रेष्ठलाई पनि 'इन्ट्रोड्यूस' गराउँदै युनिटले उनको चरित्र 'ग्याङस्टर' भएको उल्लेख गरेको छ । फिल्मका अर्का मुख्य पात्र निरज बराल प्ले व्यायको फिल्ममा अभिनय गरेको फस्टलुकमा जानकारी गराईएको छ ।

 

सुरेश दर्पण पोखरेलले निर्देशन गरेको फिल्म 'थ्री लभर्स' को दुई वटा गीत पनि आजै सार्वजनिक गरिएको छ । सार्वजनिक दुई गीत मध्ये 'सुन्तली माई...' बोलको गीतमा यसै फिल्मबाट पार्श्व संगीतकारको रूपमा डेब्यू गरेका राज इशानले संगीत भरेका छन् भने 'आई लभ यू...' बोलको गीतमा बाबु बोगटीको संगीत सुन्न सकिनेछ । सुन्तली माईलाई देबु श्रेष्ठले लेखेका हुन् भने स्वर इन्दिरा जोशी, धमेन्द्र सेवान र राजन इशानको रहेको छ । यस्तै आई लभ यूलाई दयाराम पाण्डेले लेखेका हुन् भने स्वर प्रविशा अधिकारी र बाबु बोगटीको रहेको छ ।

 

पछिल्लो समय फिल्मको पब्लिसिटीका लागि फेसबुक निकै सहज भएकाले सोही कुरालाई मध्य नजर गर्दै फिल्म निर्माण युनिटले फेसबुकको कभर फोटो डिजाईन पनि तयार गरेको छ । थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको सो फिल्ममा सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । पुरूशोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्धन्द निर्देशन रहेको छ भने करियोग्राफी कविराज गहतराज, शंकर बिसी र पूनम राईको रहेको छ । सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठ फिल्मको निर्माता हुन् भने एनआरएन सहदेब गौतम युरोपका लागि निर्माता हुन् ।
 

एनआरएन लगानी रहेको यस फिल्मलाई जुलाईमा बेल्जियममा प्रिमियर गरिने भएको छ । त्यस लगत्तै युरोपमा एक दर्जन मुलुक सहित अष्ट्रेलिया, युके, कतार, इजरायल, अमेरिका, मलेशिया लगायतका देशमा प्रदर्शन गरिने लक्ष्य राखेको निर्माण युनिटले जानकारी गरायो । फिल्मको नेपाल रिलिज डेट भने फाईनल गरिएको छैन ।

 

Click here for song :  http://www.filmykhabar.com/audio/