
पछिल्लो समय प्रतिक्षाको रूपमा रहेको फिल्म 'हाइवे' ले आफ्नो रिलिज डेट पोस्टपोण्ड गरेको छ । देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा रिलिज डेट पोष्टपोण्ड गर्नु परेको हाइवे टिमले जनाएको छ ।
बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षको कथाको साथमा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको फिल्म हाइवे असार १ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर यो फिल्म अब कहिले रिलिज हुन्छ भन्ने मिती तय गरिएको छैन तर निर्माण युनिटले एक महिनाका लागि पोष्टपोण्ड गरेको जनाएको छ ।
इलामबाट काठमाण्डौ हिंडेको बसलाई मेरूदण्ड बनाईएको फिल्म 'हाइवे' लाई दिपक रौनियारले निर्देशन गरेका हुन् । फिल्मलाई आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माण गरेका हुन् । हाइवेमा सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्रले अभिनय गरेका छन् ।