मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विकास बोर्डबाट गुन्जियो घुस काण्ड

अनुप भट्टराई, काठमाण्डौ, 2012/05/28

चलचित्र बिकास बोर्ड जसले विभिन्न योजना अघि सारिरहेपनि अपेक्षित  सफलता हासिल गर्न सकिरहेको छैन । अझ भनौ चलचित्रसंग सम्बन्धीत अन्य निकाय जव सम्म फष्टाउदैन तव सम्म बोर्डले पनि सफलता हासिल गर्न सक्दैन भन्ने तर्क सधै माथि पनि छ । समय बदलिरहेको छ र यो निकायमा बदलाव पनि आईरहेको छ । तर यो बदलाव भित्र भ्रष्टचारको जरो प्रवेश गरेको खबरले अहिले उद्योग आतङिकत छ ।

 

सुर्खेतमा चलचित्र महोत्सव गर्न जसरी बोर्डले पत्रकार सम्मलेन मार्फत केही हदसम्म जानकारी गराएको थियो त्यसपश्चात सो महोत्सव के कस्तो सफल रह्यो भन्ने बिषयमा बोर्डले अझै मिडियालाई औपचारिक जानकारी गराएको छैन । सरकारी कोषबाट रकम निकासा गर्दै जसरी एकलौटी ढङ्गमा बोर्डले सो महोत्सव गर्दे खर्चको विवरण मिडियालाई जानकारी गराएको छैन सोही अनुरुप विभिन्न प्रयोजनका लागि बोर्ड पुग्ने फिल्मकर्मीसंग बोर्ड पदाधिकारीले बार्गेनिङ गरिरहेको खबर बाहिरिएको छ ।

 
बाहिरिएको खबर अनुसार चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरमा बन्दै गरेको मल्टिप्लेकस हलका लागि ३ करोड बराबरको अमेरिकाबाट ल्याईएको साउन्ड सिस्टम र ब्रसेल्सबाट ल्याईएका प्रोजेक्टर एक हप्तादेखि भन्सारमा अड्किएका छन् । जसलाई भन्सार छुट गराउने बहानामा बोर्ड कर्मचारीले सामान आयतकर्ता केएल सिनेमा सिटीसंग बार्गेनिङ गरेको खबर छ । बोर्डले चलचित्रसंग सम्बन्धीत सामान आयात गर्दा तीन प्रतिशत रकम छुट दिने बिषयमा सिफारिस गर्ने गर्छ जुन सिफारिस केएल सिनेमा सिटीले पनि बोर्डसंग मागेको थियो तर बोर्ड पदाधिकारीले सो सिफारिस गर्न केही रकम मागेपछी घुस विवादले बोर्ड भित्रका कर्मचारी एवं पदाधिकारी विच असन्तुष्टी बढेको बुझिएको छ  । 
 
यस्तै यो बिषयमा चलचित्र संघका महासचिव प्रदीप उदयसंग फिल्मीखबरले प्रश्न गर्दा उनले आफूले पनि केएल सिनेमासंग बोर्डले घुस मागेको खबर अपुष्ट रुपमा थाहा पाएको स्वीकारेका छन् । केही दिन अघि मात्र बिग्रीएको सम्बन्ध सुधारे पनि घुस काण्डले बोर्डसंग केही विच्किएको संघले घुष मागिएको खबर पुष्टी भएमा सम्पूर्ण सहमति तोड्न सक्ने पनि बताएको छ । महासचिव उदय भन्छन्, 'धेरै पछि सम्बन्ध सुधि्रएको छ तर यदि बोर्डले हल खोल्ने जस्तो कुरामा घुष माग्छ भने संघ चुप लागेर बस्ने छैन र सुध्रिएको सम्बन्ध विग्रन धेरै समय लाग्ने छैन ।'  यस्तै यहि बिषयमा बोर्ड अध्यक्ष गणेश भण्डारीलॆ यस्तो विवाद आफूलाई थाहा नभएको बताएका छन् । उनले भने, 'यदी  यस्तो अनैतिक कार्य कसैले गरेको खुल्न  आएमा बोर्ड कारबाही गर्न तयार छ ।' फिल्मीखबरले घुस काण्ड भित्र भित्रै चलिरहेको खबर प्रति प्रश्न गरे पश्चात भण्डारीले तत्काल छानविन प्रक्रिया अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
 
यस्तै केएल सिनेमा सिटीका एक कर्मचारीले नाम नखोल्ने सर्तमा बोर्डबाट विभिन्न जालझेल भेलिरहेको बताएका छन् । उनका अनुसार बोर्डले भन्सार सिफारिसमा जालझेल गर्दा एक हप्तादेखि सामान अलपत्र परेको हो । विशेष गरी साउन्ड सिस्टम बिग्रने डरले उनी चिन्तित छन् । तत्काल नाम नखोल्ने सर्तमा ती ब्यक्तिले भने 'केही दिनपछि म आफै यो बिषयमा मुख खोल्छु ।'
 
यस्तै प्राप्त अपुस्ट खबर अनुसार केही समय अघि बोर्डले केएल सिनेमा सिटीबाट डेढ लाख घुष लिईसकेको छ र फेरी भन्सार छुट बहानामा थप एक लाख घुष माग्ने हुदा बोर्ड प्रशासन भित्रै यो बिषयले तहल्का मच्चाईरहेको छ । यध्यपी यो बिषयमा बोर्ड अध्यक्ष आफू बेखबर भएको र केएल सिनेमाले पनि औपचारिक रुपमा मुख खोलिनसकेकाले कसले घुस  माग्यो भन्ने बिषयमा प्रमाण जुटिसकेको छैन । नियमत फिल्मसंग सम्बन्धीत कुनै पनि उद्योग खोल्दा बोर्डले भन्सार रकममा तीन प्रतिशत छुट दिन सरकारलाई सिफारिस गर्ने ब्यवस्था छ ।