
व्यवसायिक सफलताको आश गरिएका दुई फिल्म 'बडीगार्ड' र 'ब्ल्याक मेल' भाद्र महिनाको २९ गते लाग्ने भएका छन् । केहि दिन अगाडी यि दुबै फिल्मको निर्माण युनिटले तीजको मौका छोप्न उक्त डेट तोकेका हुन् ।
रिलिजको मिती आउन केहि महिना बाँकी रहेकोमा बडीगार्ड युनिटले अनलाईन पब्लिसिटीलाई केहि दिन अगाडीबाट नै शुरू गरिसकेको छ भने 'ब्ल्याक मेल' ले पनि पब्लिसिटी शुरू गर्दैछ । सुशिल पोखरेलले निर्माण गरेको 'बडीगार्ड' देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको एक्सन फिल्म हो भने शरद अधिकारीले निर्माण गरेको 'ब्ल्याक मेल' त्रिकोणात्मक प्रेमकथामा आधारित सस्पेन्स थ्रीलर फिल्म हो ।
राजेन्द्र उप्रेतीले निर्देशन गरेको 'बडीगार्ड' मा आकाश शाह नव प्रस्तुतीको रूपमा मुख्य भुमिकामा छन् भने उनलाई सौजन्य सुब्बाले साथ दिएकी छिन् । साथमा दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । यता थुप्रै फिल्मम सहायक निर्देशक भएर राम्रो अनुभव बटुलेका मधुसुदन भट्टराईको डेब्यू निर्देशन रहेको 'ब्ल्याक मेल' मा जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराईको मुख्य भुमिका रहेको छ ।