मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जेठ २६ देखि राजधानी बाहिर सायद

फिल्मीखबर, काठमाडौँ, 2012/05/28

राजनीतिक अस्थिरताका कारण देशब्यापी रिलिज स्थिगित गरेर राजधानी केन्द्रित रहेको सायद जेठ २६ देखि राजधानी बाहिरका दर्शकमाझ पुग्ने पक्का भएको छ । प्रोड्यूसर सुनिल रावलका अनुसार संविधानसभा विघटनसंगै बन्द हडतालको श्रृङखला रोकिएकाले जेठ २६ को मोफसल रिलिज तय गरिएको हो ।

 

डिसिएनले वितरण जिम्मा लिएको सो फिल्मले बन्दका बाबजुत राधाजानीबाट मात्रै ९५ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट छ । यो कलेक्सन दुई साताको हो । यस्तै प्रोड्युसर रावलले ओभरसिज रिलिजबाट ४४ लाख नेट हातमा परेको जनाएका छन् । ७२ लाखमा निर्मित यो फिल्मले करिव लगानी रिकर्भर गरेको अवस्था छ  । यस्तै  मोफसलमा सायदको प्रतिक्षा ज्यादा भईरहेको फिल्मीखबरलाई रिपोर्ट प्राप्त भएकाले त्यहाबाट उठ्ने अबको रकम निर्माताको नाफा देखिन्छ ।

 

'यो बन्दको बाबजुत पनि मेरो फिल्म चलेकाले म खुशी छु हेरौ अब उपत्यका बाहिर कस्तो बिजनेस हुन्छ', रावलले भने । आउदो कात्तिक देखि नयाँ फिल्म निर्माणको तयारीमा पनि रहेका उनले मोफसलका प्राय सवै हलमा हिरो संयम पुरीका साथ दर्शकसंग फिल्म हेर्ने योजना बनाएका छन् । यो बिषयमा उनले भने, 'कोरियाको बुसनमा अगष्ट १ वा २ तारिखको दिन रि-डिमान्ड भएकाले सायद देखाउन त्यता जादैछु र १५ तारिख भित्र फेरी जापान शोका लागि जाने भएकाले समय मिलाएर भएपनि दर्शक माझ पुग्ने छु ।' 

 
सुरज सुब्बा निर्देशित सायद पूर्णरुपमा कलेज लाईफमा घट्ने उतार चढावसंग केन्द्रित छ जसको प्रस्तुती शैलीले युवा दर्शकलाई ज्यादा तानेको देखिएको । फिल्म मोफसलका पूर्व देखि पश्चिमका अधिकांश मेजर हलमा लाग्ने छ ।