मिति : २०८२ ज्येष्ठ ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीको संविधान पिढा

फिल्मीखबर, काठमाडौँ, 2012/05/27

जेठ १४ रातको १२ बजे पश्चात संविधानसभाको स्थिती कुन रुपले अघि बढ्ला त्यो भन्न सकिने अवस्था छैन् । किन म्याद सकिन केही घण्टा बाँकी छदा सम्म नेताहरु सहमतिमा पुग्न नसकिरहेको अवस्थामा संविधानसभा विघटन भईसक्यो भन्ने हल्लाले समग्र देश अहिले रूमल्लिएको छ ।

 

थप दुई बर्ष ब्याज लिदै चार बर्ष सम्मको समय सिमाबाट समेत संविधान बनाउन नसकेपछी नेताहरु प्रति जनताको विश्वास पूर्ण रुपमा घटिरहेको विभिन्न बिश्लेषण पनि भईरहेका छन् यध्यपी आश गरौ केही घण्टा बाँकी छँदा यदी कुनै चमत्कारिक शक्तिले संविधान जारीमा भएमा हामी नेपालीको भाग्य राम्रै रहेछ भन्नु पर्ला । तर स्व: निर्णय गर्न नसक्ने हाम्रा नेता न हुन् उनीहरुले सकारात्मक कार्यको निर्णयमा ढिला गरेमा पक्कै पनि जनताले उनीहरुलाई मा गर्ने छैनन् । जुन बिषयमा फिल्मकर्मीले संविधानको बिषयमा फेसबुक मार्फत चिन्ता ब्यक्त गरेका छन् ।

 

 राज बल्लभ कोइराला :

दिनलाई त अध्यारोले कप्ल्याक्कै खाइदियो..

हाम्रो आशा को पो के हुने हो ?
जति रात छिपिद्दै छ. 
तेती नै अन्योलता मा छु म..
समाचार हेर्छु 
र सुन्छु
भित्र भित्रै चिसो पसेर आउछ
माया लगेर आउछ ..
देशको ..
तिम्रो 
अनि आफ्नो पनि 
के गल्ति थियो र हाम्रो 
येस्तै हो त जिन्दगी ?
येही हो त कर्म ?
हामी कति सोझा छौ..
हामी कति जति छौ..
छाती कति फराकिलो छ..
हृदय कति अग्लो छ..
तर होइन रहेछ..
छैन रहेछ ..
सबै को तेस्तो..
हुदैन रहेछ सोचे जस्तो ..
सास छहुन्जेल आश हुन्छ भन्छन
मेरो पनि छ है ..

 
केकी अधिकारी :   प्रतिक्षा  र आशाको दिन
 
निर्माता प्रदिप उदय  : आज राती नयाँ संबिधान आउने आशामा नयाँ संबिधान आएको खुशीयाली आफ्नो क्षेत्रका साथीहरु सँग मनाउन बुटवल आएको छु फेरी केहि समय पछि या संबिधान आउछ कि  भनेर टेलिभिजन  हेर्दै थिए अचानक अचम्मको दृश्य देखे संबिधानसभाका सभासदहरु नारा लगाउदै थिए "नयाँ संबिधान जारी गर" हैन गाठे हाम्ले त तिनीहरुलाई नयाँ संबिधान लेखेर जारी गर्न पठाको हैन र ? त्यत्रो  तलब भत्ता खादा पनि हामी चुप लागे कै हैन र ? अनि तीनीहरु कस्लाई संबिधान जारी गर्न नारा लगाउदै छन कस्तो अचम्म...... नयाँ संबिधान न आउने लगभग पक्का भएछ... संबिधानसभाका सबै सभासदहरुलाई अब अयोग्य घोषित गर्नु पर्छ |
 

गीतकार भूपेन्द्र  खड्का :  शिरको टोपी बन्दकी राख्न नपरोस् है,

सिउँदोको सिन्दूर बन्दकी राख्न नपरोस् है !
एकले भूल अर्कोले भूल,
भुलैभूलले मेरो देश कहिल्यै झुक्नु नपरोस् .....

 
चलचित्र पत्रकार प्रदिप निरौला : नेपाली हामी रहौला कहाँ नेपाल नरहे ,,,,,,,
 
 
निर्देशक सुरेश दर्पण पोखरेल :  १४ प्रदेश हुनै पर्ने, मधेशमा १ वा २ भन्दा बढी कुनै हालतमा हुन नहुने, १२ वटा प्रदेशहरु १२ जातको एकल पहिचान हुने गरी तोक्नुपर्ने नत्र भने देश भाँडमा जाओश मत्लव छैन । यो नमान्ने र बहुजातीय पहिचान भन्नेहरु संघीयता बिरोधी हुन, राष्ट्रघाती हुन । यो क्रान्तिकारी अडानले जननिर्बाचित संबिधानसभा, देशको ४ बर्ष, झन्डै १८ अरब देशी बिदेशी रुपैया स्वाहा पारेर फेरी संघर्श गर्ने रे फेरी चुनावमा जाने रे ... हामी पनि नेताले जे भने तेही सत्य मानिहाल्छौ र पाखुरा सुर्काउन थालिहाल्छौ । दोषी हामी पनि हौ , अब पनि  यी  नेता  लाइ  हामीले  maaf  गर्येउ  वने  नेपाल  आमाले  हामीलाई  माफ  गर्ने छैनन्  ( जय  आमा  नेपाल  !!!