Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसन्तले पनि जुधाउँदैछन् नाम

फिल्मीखबर, काठमाण्डौ, 2012/05/27

बिजयपथ फिल्मबाट निर्देशकको ट्याग भिरेका बसन्त निरौला नयाँ फिल्म निर्देशनको तयारीमा छन् । 'टाईम' नाम राखेर उनले फिल्म बनाउने तयारी गरेका छन् । उनी अहिले विकास बोर्डमा सो नामका लागि दर्ता प्रक्रियामा छन् ।

 

बसन्तले फिल्म बनाउने घोषणा त गरे तर 'टाईम' नाम भने नपाउने भएका छन् । किनकी अभिनेत्री मौसमी मल्लले 'समय' नामको फिल्म दर्ता गरेर पनि सुटिङ सकिसकेकी छिन् । मौसमीले बनाएको फिल्मको नाम र बसन्तले बनाउने भनेको फिल्मको नाम जुधेकाले बोर्डले बसन्तको 'टाईम' लाई दर्ता नगर्ने भएको छ । बोर्डको निर्माण शाखामा रहेका रञ्जन अधिकारीले भने, 'बसन्त जीले 'टाईम' नाम राखेर दर्तामा ल्याउनु भएको छ । उहाँको सम्पूर्ण कागज अहिले आईनसकेकाले हामीले उहाँलाई नाम परिवर्तन गर्ने सल्लाह दिएका छैनौ तर समय नाम दर्ता भईसकेकाले उहाँले अर्कै नाम दर्ता गर्नुपर्ने हुन्छ ।'

 

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको बसन्तको फिल्ममा अर्जुन पोखरेलको संगीत, प्रकाश पुरीको लेखन तथा प्रदिप श्रेष्ठको करियोग्राफी रहनेछ । बि एन फिल्म्सको व्यानरमा राम के प्याकुरेल, दिनेश ठकुरी र मदन सिटौलाले निर्माण गर्ने सो फिल्मका कलाकार भने छनोट भईसकेका छैनन् । फिल्मको सुटिङ असार दोस्रो साताबाट गरिने भएको छ ।