Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मौसमीले महिला चलचित्रकर्मी मंच गठन गरिन्

फिल्मीखबर, काठमाडौँ, 2012/05/26

महिला फिल्मकर्मीहरुलाई खुशीको खबर अभिनेत्री मौसमी मल्लले आफ्नो नेतृत्वमा सवै विद्याका महिला फिल्मकर्मीलाई एकबद्ध गर्न  नेपाल महिला चलचित्रकर्मी मंच  गठन गरेकी छिन् । 

 
विगत छ  महिना देखि सस्था गठन गर्न सक्रिय रहेकी उनले होम प्रोडक्सनको फिल्म समय सुटिङका कारण निर्धारित समयममा मंच गठन गर्न नसकेको बताईन् । उनले भनिन्, 'आफ्नै फिल्म भएकाले उता अलि बढी समय दिनु पर्यो त्यसैले बल्ल गठन गर्न सफल भएँ ।' मौसमीका अनुसार पत्रकार, प्राबिधिक, कलाकार तथा फिल्मसंग सम्बन्धीत सम्पूर्ण विधाका महिलाहरु यो संस्थाको सदस्य बन्न पाउने छन् । जसले आफ्नो हक हितका लागि यो संस्था मार्फत आवाज उठाउन सकुन् ।
 
उनले आफ्नो नेतृत्वमा सात सदस्य कार्य समिति गठन गरेकी हुन् । जहाँ उनी अध्यक्ष पदमा छिन् भने उपाध्यक्षमा अर्की अभिनेत्री रुपा राना, सचिवमा पत्रकार स्वस्तिका सिलवाल, कोषध्यक्षमा देबयानी अभिनेत्री विमला केसी र सदस्यहरुमा क्रमश आईडिएल डिजाईनकी जुना श्रेष्ठ, अभिनेत्री जेनी कुँवर र नयाँ कलाकारको प्रतिनिधत्व गर्दै ऋचासिहं ठकुरी रहेकी छिन् । 
 

अन्य क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि महिलाले सामाजिक तथा पारिवारिक पीडा भोग्नु परेको भन्दै महिला चलचित्रकर्मीको आवाज दरिलो पार्न यो संस्था गठन गर्नुको प्रमुख कारण भनिएको छ । विशेषत चलचित्रमा पुरुष सरह काम गर्दा पनि महिलालाई आर्थिक हेला गर्ने प्रक्रियालाई यो मंचले सर्वप्रथम अन्त्य गर्ने मौसमी बताउछिन् । मंचको कार्यालय केहि समयका लागि बागबजार पद्मकन्या  कलेज अगाडी  खोलिएको छ  ।