मोडलिङबाट फिल्ममा पनि जम्प गरेका कलाकार हसन खानले आफ्नो ब्यावसायको पाटोमा थप एउटा रेष्टुरेण्ट खोल्दै फिल्मकर्मीहरुको जमघट गराएका छन् । यस अघि काठमाण्डूको चक्रपथमा रेष्टुरेण्ट सञ्चालन गरिसकेका उनले शुक्रबार देखि चण्डोलमा फ्रेण्ड्स क्याफे एण्ड सेकुवा कर्नर उद्घाटन समारोहमा सिमित फिल्मकर्मीलाई बोलाएका थिए । जहाँ हिरो जीवन लुईटेल, बिरेन श्रेष्ठ, कलाकार निर्मल शर्मा (गैंडा)को साथमा निर्देशक दिनेश डिसी, सुदर्शन थापा, दिनेश राउत, गीतकार बाबुराम दाहाल र मोडल सिम्पल खनाल आकर्षकको केन्द्र बनेका थिए ।