मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

जाउँ हिड पोखरा सुटिङ झलक

फिल्मीखबर, काठमाण्डौ, 2012/05/25

शोभित बस्नेतको निर्देशनमा बिहिबार देखि फ्लोरमा गएको फिल्म जाउँ हिड पोखराको सुटिङ अहिले काठमाण्डूका विभिन्न ठाँउमा धमाधम भईरहेको छ । दरबारमार्ग एरियाबाट फिल्म खिच्न सुरु गरिएको सो फिल्मको दोस्रो दिन कलंकी ढुङ्गेअड्डामा रहेको सिभिल होम्सको स्विमिङ पुलमा एक गितको सुटिङ गरिएको छ ।

 

शोभितको क्याम्पमा पहिलो पटक काम गर्दै कोरियोग्राफर शंकर विसीले गीतलाई उत्कृष्ट बनाउने प्रयास गरिरहेको देखिन्थे । उता रेड क्यामेराको सहयोगले क्यामेरा पर्सन गणेश कुमार श्रेष्ठले चर्को घाम नभनी रेखाको स्विमिङ कस्टियूम लुक्सलाई खिच्न कत्ति पनि अल्छी नमानेको देखिन्थे । फिल्म भित्र पनि रेखा फिल्मकै हिरोईन भएर खेलेकी छिन् जहाँ शोभितलाई पनि फिल्मकै निर्देशक र विसीलाई पनि केही स्थानमा कोरियोग्राफरको रुपमा देख्न सकिने बताईएको छ । फिल्म भित्रको फिल्मको नाम पनि जाउँ हिड पोखरानै रहेको निर्देशक बस्नतेले बताए ।


सलोन फिल्मसको ब्यानरमा निर्मित सो फिल्मको अझै एक हप्ता काठमाण्डूका विभिन्न स्थानमा सुटिङ हुने छ भने दश दिनका लागि सर्लाही त्यसपछी पोखरा र जोमसोम पुगी सुटिङ सकिने बताईएको छ । यो फिल्ममा रेखाको वास्तविक जिवनको २० प्रतिशत कथा समेटिएको निर्देशक बस्नेतले बताए । फिल्ममा जीवन लुईटेल लिड हिरोको रुपमा रहेका छन् । तर जिवनले शनिबार देखि मात्र सुटिङ जोईन गर्ने छन् ।

 

शुक्रबारको गितको सुटिङमा विकनीमा उपस्थित केही कोरससंगै नयाँ कलाकार आरुष गुरूङले रेखालाई साथ दिएका थिए । आरुषले सोही फिल्मबाट हिरोको ट्याग भिर्दैछन् । रेखा र शोभितले संगै काम गरेको यो चौथौ पटक हो । यस अघि शोभितको निर्देशनमा रेखाले लिड रोलमा खेलेको दुर्गाले उत्साहजनक व्यापार गर्नुको साथै हिरो विना हिरोईनको कारणले पनि फिल्म हिट हुन्छ भन्ने पुष्टी  सोही फिल्मबाट रेखाले  गरिदिएकी थिईन् जुन प्रसङ्गलाई एक पटक सम्झिदै उनले यो फिल्मले पनि त्यस्तै ब्यापार गर्ने अपेक्षा राखेको सुटिङ भईरहेको स्थानमा फिल्मीखबरलाई बताईन् ।