मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र निशा अभिनित फिल्म अवैधानिक !

सुमन गैरे/ अनुप भट्टराई, काठमाण्डौ, 2012/05/25

टाईटल धुँवा भन्दै फिल्मको सुटिङ समेत करिब सिध्याई सकिएको लक्ष्मण रिजाल निर्देशित सो फिल्म अबैधानिक ठहर भएको छ । चलचित्र विकास बोर्डको कुनै पनि कागजमा दर्ता नभएको सो फिल्म अवैधानिक रुपले विगत एक महिना देखि फ्लोरमा रहदै आएको प्रति फिल्मीखबरले प्रश्न गरेपछी बिहिबार सो फिल्मको सुटिङ कार्य अगाडी नबढाउन बोर्डले सम्बन्धित फिल्म निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनलाई लिखित पत्र काट्दै कारबाहीको चेतावनी दिएको छ ।

 

आर्यन सिग्देल र निशा अधिकारीलाई लिएर छायाकंनको कार्य करिब अन्तिम चरणमा पुगेको रिजालको फिल्म धुँवा गत बैशाख १७ गते बोर्डको दर्ता प्रक्रियामा चढेको देखिन्छ ।  धुवाँ नाम अर्कै ब्यानरबाट दर्ता गरिएकाले सो फिल्मको दर्ता प्रक्रियामालाई बोर्डले अगाडी नबढाएको निर्माण शाखाका साहायक खरदार राजन अधिकारीले जानकारी गराए । अधिकारीले भने, 'हामीले उहाँलाई पटक पटक भनेका थियौ एउटै नाम झल्कने फिल्म लिएर दर्ताका लागि नआउनुस तर उहाँले जवर्जस्त सोही टाईटल दर्ता गर्न दवाव दिएकाले हामीले पेन्डिङमा राखेका हौँ । सो टाईटल अर्कैको नाममा दर्ता छ ।' विकास बोर्डको कागजमा २०६६ साल ८ महिना २६ गते चलानी नम्बर ७३४ मा मुभि ईन्फिनिटी क्रियशन प्रालिको ब्यानरमा 'धुँवा' दर्ता गरिएको छ जसको निर्देशक सौरभ ढकाल र निर्माता निराजन पाण्डे भनी लेखिएको छ ।

 

यस्तै विना लाईसन्स फिल्मको सुटिङ धमाधम भएकोमा बोर्ड अध्यक्ष गणेश भण्डारी पनि अचम्मित छन् । यो बिषयमा भण्डारीले भने, 'ईजाजत नै नलिई सुटिङ गर्ने यो कार्यलाई हामी अवैधानिक भन्दछौ तसर्थ सुटिङ रोक्ने निर्देशन पनि दिएकाले आवश्यक प्रक्रिया अघि बढाईएको छ ।' टाईटल विवादले तनाव खेपेपछी निर्देशक लक्ष्मण रिजाल बिहिबार दिउँसो नै बोर्ड पुगेका थिए तर बोर्ड पुग्नासाथ साथ उनको हातमा बोर्ड प्रसासनले  सुटिङ रोक्का गर्ने निर्देशन पत्र हातमा थमाएपछी उनी थप तनावमा छन् ।

 

फिल्मीखबरसंग कुरा गर्दै रिजालले भने, 'मैले पटक पटक दर्ता गर्न लैजादा पनि बोर्डले दर्ता गर्न नमानेपछी बाध्य भएर सुटिङ सुरु गरेको हुँ । त्यसैले बिना लाईसन्स सुटिङ सुरु गरेको दोष मलाई हैन बोर्डलाई नै दिनु पर्छ ।' उनले यस अघि निर्माण गरेको वान डे फिल्मको पनि दर्ता विना सुटिङ गरेको रहस्य चुहाएका छन् । जसलाई तपाईले अडियोबाट सुन्न सक्नुहुन्छ । उनले अडियो रेकर्ड मार्फत प्रशासनलाई धम्कीको भाषा पनि प्रयोग गरेका छन् । रिजालले बैशाख पाँच गते देखि फिल्मको सुटिङ सुरु गरेका हुन् तर फिल्मको दर्ता प्रक्रिया सुटिङ सुरु भएको १४ दिनपछी मात्र आवश्यक प्रक्रियामा गएको देखिन्छ ।

 

 

यस्तै फिल्मको दर्ता विना नै रिजालले १३ हजार पाँच सय बराबरको विमा रकम बोर्डलाई जर्वजस्त बुझाएका छन् । जुन रकम पनि कार्यान्यवनमा छैन । उनले फिल्मको नाम द लाष्ट मुभ मेन्ट अफ लाईफ धुँवा भनी फिल्म दर्ता गर्ने कागज बोर्डमा बुझाएका छन् तर पब्लिसिटी म्याटरमा दर्शक झुक्किने भन्दै बोर्डले विगत ६ महिना अघि देखि उस्तै नाम सुनिने फिल्मको दर्तालाई रोक लगाउदै आएकाले रिजालको फिल्म दर्तामा पेन्डुलम भएर बसेको हो ।


उता साढे दुई बर्ष अघि धुँवा दर्ता गरेको कम्पनी मुभि ईन्फिनिटी क्रियशनले असारको दोस्रो साता देखि सुटिङ युनिट लिएर फ्लोरमा जाने तय गरेको छ । जसका लागि सुमन सिंह र प्रियंका कार्कीलाई सो ब्यानरले अनुबन्धीत गरिसकेको छ । 'हामीले कलाकार पनि एग्रीमेन्ट गरिसक्यौ त्यसैले असारको दोस्रो साताबाट सुटिङ सुरु गरिने छ' निर्देशक सौरभ ढकालले भने । ढकालले आफूहरु कानुन बमोजिम अघि बढ्ने भन्दै आफ्नो टाईटल माथि अर्कालाई फिल्म बनाउन नदिने बताए । उनले सहमति गर्न आए पनि धुँवा टाईटल नछाड्ने अठोट ब्यक्त गरे ।


यस्तै विना ईजाजत सुटिङ गर्ने प्रचलनलाई प्रहरी प्रशानसनले ध्यान नदिएको पाईएको छ । यो बिषयमा बोर्ड प्रवक्ता बिकास आचार्यले भने, 'कसले कहाँ सुटिङ गर्छ सवै कुरा बोर्डलाई थाहा हुँदैन तसर्थ सुटिङ भईरहेको स्थानमा स्थानिय प्रशासनले अनुमति पत्र हेर्ने गरेको भए यो समस्या यसरी आउने थिएन ।'  उता महानगरिय प्रहरी प्रभाग हनुमान ढोकाका प्रहरी नायव उपरिक्षक अरुण कुमार विसीले अनुमति पत्र हेर्ने अधिकार प्रहरीलाई प्रशासनले नदिएकाले त्यसो गर्न नसक्ने तर्क गरेका छन् । उनले भने, 'विना इजाजत सुटिङ गरिएको होला तर हामीलाई सुरक्षा ब्यवस्था बाहेक अन्य अधिकार नदिएकाले सोध्न मिल्दैन ।'

 

यस्तै यहि बिषयमा फिल्मीखबरले काठमाण्डूका साहायक सिडिओ बलबहादुर मल्लाई प्रत्यक्ष भेटेर प्रश्न गर्दा उनले यस्ता मुद्धा सिमित मात्रमा आउने हुँदा कारबाहीको प्रक्रियामा आफू समेत अनभिज्ञ रहेको बताए । यध्यपी यो बिषयले प्रशासनको ध्यानकर्षण गराएको भन्दै उनले आउदा दिनमा हरेक सुटिङ स्पटमा अनिवार्य रुपमा जाँचबुझ गर्न प्रहरीलाई आदेश दिने बताए । बोर्डले करिब २ दर्जनको संख्यामा ईजाजत पत्र नलिाई फिल्म सुटिङ भईरहेको खबर आफूलाई आईरहेको जनाएको छ जसलाई कानुनी दायरामा ल्याउने प्रयासमा लागि परिरहेको जनाईएको छ । तर विवादमा परेको लक्ष्मण रिजाल निर्देशित सो फिल्मको अपेक्षित टाईटल धुँवा गुमाउनु परेको खण्डमा रिजाललाई ठूलै धक्का लाग्ने निश्चित छ ।

 

दुई बर्ष अघि धुँवा दर्ता गरेको कम्पनी मुभि ईन्फिनिटी क्रियशनले बोर्डबाट पाएको इजाजतपत्र यस्तो छ -