मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

चाबहिलमा अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनमा आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/05/24

फिल्म प्रेमीहरूका लागि खुशीको खबर चाबहिल चुच्चेपाटी चोक नजिकै मेन रोडमा नै रहेको केएल टावरमा खुल्न लागेको अत्याधुनिक शैलीको फिल्म हलमा अब तपाईले राजधानीका अन्य मल्टिप्लेक्स जस्तै मज्जा लिन सक्नु हुने छ ।

केएल सिनेमा सिटी कम्पनीले आउदो भदौ महिना देखि सञ्चालनमा ल्याउने गरी एक हजार सिट क्षमताको तीन वटा थिएटरलाई औपचारिक रूपमा शुभारम्भ गर्ने तयारीलाई   तिब्रता दिईरहेको छ । क्यूएफएक्स एक्जीवेशन म्यानेजर पदमा केही दिन अघि सम्म कार्यरत अरूण रिजालको सक्रियतामा तयार हुन लागेको सो हलमा सुन्दर कुमार श्रेष्ठको लगानी रहेको छ । जो सो मलको लगानीकर्ता पनि हुन् ।

'दीर्घकालिन रूपमा १८ करोड सम्मको बजेट अनुमान गरिएको छ तर पहिलो फेजमा ८ करोड सम्म लगानी लाग्ने आकडा निकालिएको छ', हाल सिईओको भूमिकामा रहेका अरूणले फिल्मीखबरलाई जानकारी गराए । अरूणका अनुसार राजधानीमा सञ्चालनमा रहेका सुविधा सम्पन्न मल्टिप्लेक्स भन्दा केही माथिल्लो स्तरको सेवा सुविधा सहित यो हल सञ्चालनमा आउने छ । उनले भने, 'हललाई अर्न्तराष्ट्रिय स्तरको बनाउने उद्देश्यले अहिले उपयुक्त ब्रान्डिङ नेम खोजिरहेका छौं तसर्थ फाईनल हुनासाथ सेवा सुविधा सहित ब्रान्डिङ पनि सार्वजनिक गर्छौ ।'

हलमा हिन्दी, अंग्रेजी, नेपाली तथा थ्रीडी प्रविधिमा आधारित फिल्म पनि देखाईने छ । 'हाम्रो प्राथामिकता बजार हेरेर हुन्छ तसर्थ बजारले जे डिमान्ड गर्छ सोही अनुरूप फिल्म लगाउने छौं', उनले भने । अरूणले थिएटरमा प्रयोग गरिने सिट स्पेनबाट, प्रोजेक्सन सामाग्री ब्रसेल्स, बेल्जियम र स्क्रिन चाईना वा सिङगापुर मध्ये कुनै एकबाट ल्याईने बताए । 'श्रावण सम्ममा मलको फिनिसिङ कार्य सकिन्छ । त्यसको ठीक एक महिनामा हलको ओपनिङ गर्ने तयारी छ तसर्थ हल निर्माण कार्य ७० प्रतिशत सकिसकेको अवस्था छ अहिले', उनले भने ।


यो हल खुलेपछी के हुन्छ ?
यो हल खुलेपछी चाबहिल चुच्चेपाटी पारी जोरपाटी पारी  तथा गौशाला लगायतका एरियाका दर्शक यहाँ आईरिनेछन् । जसकारण सो मल्टिप्लेक्सका कारण केही दुरीमा रहेको गोपीकृष्ण मुभिजलाई धक्का लाग्ने निश्चित छ । तसर्थ यदि गोपीकृष्णले समय अनुरूप आफ्नो सेवा सुविधा बृद्धी गरेमा उता क्यएफएक्स र विगसिनेमाको जस्तै प्रतिष्पर्धा यि दुई मल्टिप्लेक्सको पनि पर्ने फिल्मीखबरले पूर्व अनुमान गरेको छ ।