
मानिसको जीवनमा दुई रङ सुख र दु:ख अर्थात कालो र सेतोको चक्र भैरहने सन्दर्भलाई सस्पेन्स तरिकाले निर्माण गरिएको फिल्म 'रङ' को अफिसियल पोस्टरलाई फिल्मीखबरले रिलिज गरेको छ ।
रोशन हमालले निर्देशन गरेको फिल्म 'रङ' को अफिसियल पोस्टरमा पछिल्लो समयका व्यस्त नायक सुमन सिंहलाई मात्र प्रयोग गरिएको छ । सुमनको साथमा सुमिना घिमिरे, मुकेश अचार्य, दीपशिखा शाही, मौसमी मल्ल, मदन केसी सहित राजेश हमाल र करिष्मा मानन्धरको बिशेष भुमिका रहेको सो फिल्मलाई निर्देशक रोशनले आफ्नो पहिलो फिल्मलाई महत्वाकांक्षी फिल्म भनेका छन् । फिल्मीखबरसँग कुरा गर्दै रोशनले भने, 'फिल्मलाई राम्रो बनाउन कुनै पनि कम्प्रमाईज गरेको छैन । मैले जे जाने जे बुझें त्यसलाई रंगको रूपमा एउटा आकार दिने प्रयास गरेको छु । आशा छ मेरो यो प्रयास खेर जाने छैन ।'
काठमाण्डौ सहित गोर्खा, पोखरा लगायतका विभिन्न फ्रेस लोकेशनमा छायाकंन गरिएको उक्त फिल्मलाई एमआर फिल्मसले निर्माण गरेको हो । फिल्ममा हरि हुमागाईंको छायाँकन, आलोक श्रीको संगीत, शंकर महर्जनको द्धन्द, कविराज, मदन केसी तथा दिनेश अधिकारीको करियोग्राफी रहेको छ । फिल्मको व्याकग्राउण्ड म्युजिकको काम एलिस कार्कीले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ । देशको अवस्था राम्रो भएमा फिल्मलाई भाद्र १ गते रिलिज गरिने भएको छ ।