मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.50/5.00)
Text size:-
+
-

जाऊँ हिड पोखरा सुटिङ सुरू

फिल्मीखबर, काठमाण्डौ, 2012/05/24

एक महिना अघि सुरू हुने भनिएको फिल्म जाऊँ हिड पोखराको सुटिङ बल्ल सुरू भएको छ । आज देखि यो फिल्मको सुटिङ दरबार मार्ग एरियाबाट सुरू गरिएको हो । 'बन्दका कारण एक महिना ढिलो भयो तर पनि अब रफ्तारमा अघि बढ्ने छौ', निर्देशक सोभित बस्नेतले भने ।

 

सोभितको यो पच्चिसौं नम्बरको फिल्म हो जसकारण विगतका फिल्म भन्दा हाई मेकिङका साथ अघि बढ्ने उनले बताए । बार्षिक ३ वटा सम्म फिल्म बनाउने सोभितले अबको दुई देखि तीन बर्षको अन्तरालमा मात्र फिल्म निर्देशन गर्ने सुस्त सन्यास घोषणा गरिसकेका छन् । २०५१ सालमा पहिलो फिल्म राजकुमार बनाउदा उनी जति हर्षित थिए आज पच्चिसौं फिल्म सम्म आईपुग्दा आफूले धेरै उतार चढाव भोगेको उनले बताए । उनी भन्छन्, 'पच्चिसौं फिल्म भएकाले यो फिल्म मेरा लागि चुनौती हुनेछ र फिल्म उत्कृष्ट बनाउन आज सम्मकै सवैभन्दा धेरै लगानी यो फिल्मका लागि छुट्टयाएको छु ।'
 

जाऊँ हिड पोखराका लागि उनले ७० लाख बजेट छुट्याएका छन् । यस अघि उनले चिनो फिल्ममा ५५ लाख लगानी गरेका थिए जसको ईनिसियल व्यापार राम्रो हुँदा पनि उनले केही लाख  घाटा बेहोर्नु पर्‍यो । रेखा थापा, जीवन लुईटेल लिड रोलमा रहेको फिल्ममा शुक्रबारको दिन देखि रेखा सुटिङमा सामेल हुनेछिन् भने जीवन शनिबार देखि । 'गर्मीका कारण आज बिहानै देखि दरबार मार्ग सहित बाटोको सिन खिचिने तालिका छ', उनले भने । पछिल्लो समय हिरोईनको कथामाथि रोज राणा र नवराज आचार्यले फिल्म बनाउने तयारी गरिरहेका बेला सोभितले रेखा थापाको जिवनसंग मेल खाने २० प्रतिशत कथा यो फिल्ममा समावेश गरेको बताए । 'फिल्ममा पनि रेखा रियल लाईफकै जस्तो नम्बर वान हिरोईन भएर खेल्दैछिन् तसर्थ फिल्म मेकिङमा मैले ठूलो ध्यान दिनै पर्छ', उनले भने ।

 काठमाण्डूमा एक हप्ताको सुटिङ सकेपछी उनले युनिट लिएर एक हप्ताका लागि सर्लाही र जनकपुर त्यसपछी पोखरा हुँदै जोमसम पुगेर फिल्म प्याकअप गर्नेछन् । ध्रुव लम्सालले लेखेको यो फिल्ममा पनि सोभितले राजेन्द्र खड्गीलाई फाईट मास्टरको रूपमा अनुबन्धीत गरेका छन् । यो फिल्म सहित शोभितको १३ वटा फिल्ममा राजेन्द्र दोहोरिएका छन् । यो फिल्मबाट सोभितले साउन्ड ईन्जिनियर अमित श्रेष्ठलाई संगीतकारको रूपमा डेब्यू गराएका छन् भने कोरियोग्राफर शंकर विसीसंग पहिलो पटक संगै काम गर्दैछन् उनी । यस्तै यो फिल्ममा राम गौतम र आरूष गुरूङ नयाँ कलाकारको रूपमा रहेका छन् भने नन्दु श्रीवास्तव र जिके शर्माको पनि आफ्नो फिल्मको कलाकार रहेको उनले बताए ।

जाऊँ हिड पोखरा निर्देशन सकिना साथ उनले फिल्म प्रोडक्सनलाई तिब्रता दिनेछन् जस अनुरूप सलोन फिल्मसको ब्यानरबाट उनले नयाँ निर्देशक लिएर युवराज भन्ने फिल्म बनाउदैछन् ।