मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिले पुग्ला अमेरिका ?

फिल्मीखबर, काठमाण्डौ, 2012/05/23

नेपालमा केहि भागको सुटिङ गरि अमेरिकामा सुटिङ गर्ने भनि ब्रेक गरिएको फिल्म 'ए फर अमेरिका' को बाँकी काम कहिले शुरू हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन । गत दशैं महिनामा सुटिङ गरि ब्रेक भएको सो फिल्म एक बर्ष पुग्नै लाग्दा पुन: शुचारू हुन नसक्दा कतै सधैंका लागि ब्रेक हुने त हैन भन्ने प्रश्न पनि उब्जिन थालेको छ ।

 

'मातृभूमि' फिल्म पछि दुई बर्ष ब्रेक लिएर 'ए फर अमेरिका' को निर्देशन शुरू गरेका नारायण पुरीले निर्माण युनिट र कलाकारलाई सुटिङ चाँडै शुरू हुने आश्वासन दिएका छन् तर उनको त्यो चाडो  कहिलेको हो युनिट अन्यौलमा छ । फिल्मका एक प्राबिधिक भन्छन्, 'सुटिङ शुरू होला भन्ने आशमा अरू फिल्म नगरी बसेको त घाटै लाग्यो । अब त बन्छ जस्तो पनि लाग्दैन ।' फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार निर्माता हिक्मत मियाँ गुप्त छन् जसले गर्दा सुटिङका लागि अमेरिका यात्रा तय हुन सकेको छैन । निर्माता के कारणले गुप्त छन् खुल्न भने सकेन ।

 

हरेक नेपालीको सपनाको केन्द्र बिन्दु बनेको देश अमेरिका जान किन मरिहत्ते गर्छन् ? त्यहाँ पुगेपछि कस्ता कस्ता समस्या आउँछन् ? नेपाल छोडेर अमेरिका पलायन भएका कलाकारको अवस्था कस्तो छ ? लगायतका समस्याहरूलाई चित्रण गरि निर्माण शुरू गरिएको सो फिल्मको सुटिङ अमेरिकामा नै गर्नु पर्ने तर निर्माता सम्पर्कमा आउन नसक्नुले सुटिङ प्रभावित हुन पुगेको बताईएको छ । रेखा थापा, राजबल्लभ कोईराला, केकी अधिकारी, सन्तोष पन्त, नीर शाह, सुनील थापा लगायतले अभिनय गरेको सो फिल्मको अमेरिकामा २० जति सुटिङ गर्नु पर्ने निर्माण युनिटले बताएको थियो ।

 

फिल्मको अमेरिका भागको सुटिङका लागि निर्देशक नारायण पुरी, निर्माता हिक्मत मियाँ, नायिकाद्वय रेखा थापा र केकी अधिकारी, नायक राजबल्लभ कोईराला र सन्तोष पन्त जाने बताईेको थियो भने अमेरिकामा रहेका कलाकार सरोज खनाल र सारंगा श्रेष्ठले पनि अभिनय गर्ने बताईएको थियो । तर यो युनिटको अमेरिका पुगि सुटिङ गर्ने सपना तुहिने सम्भावना रहेको लामो ब्रेकले देखाएको छ । तै पनि भनिन्छ नि 'सास रहुञ्जेल आश रहन्छ ।'