Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुरेश दर्पणलाई धम्की

फिल्मीखबर, काठमाण्डौ, 2012/05/23

जातिगत राज्यको पक्षमा निर्देशक सुरेश दर्पण पोखरेल थिएनन् तर उनलाई अचानक यस्तो धम्की आयो कि साम्प्रदायिकता विथोल्न खोजेको भन्दै एक ब्यक्तिले उनलाई फेसबुकबाट नमिठो शब्द बाण प्रहार गरे ।

धम्की दिएको सम्पूर्ण शब्द उनले स्क्रिन क्याप्चर गरी फेसबुकमा समेत पोष्ट गरिदिएका छन् । दावा फिन्जोक नेपाली नामक फेसबुक एकाउन्टबाट उनलाई यस्तो धम्की आएको हो । धम्कीमा लेखिएको छ- 'त जस्ता मानसिक सन्तुलन खुस्केका ब्यक्तिहरू जो हाम्रो एकता विथोल्न चाहान्छन्, त जस्तो नालायकहरू जो साम्प्रदायिकता र जातिय सद्भावना खलल गरेर अरूलाई उत्तेजीत बनाउन खोज्छस त जस्तो कुकुरहरू देखि हामीले होसियार पुर्‍याउनु पर्छ । मनमा जे मन लाग्यो त्यही लेख्दै हिड्ने अधिकार तलाई छैन समयमै विचार पुर्‍याउदा तेरो केही विग्रदैन् हिंसा भड्काउने काम नगर्लास ।'

आफूलाई यस किसिमको धम्की आएपछी सुरेशले प्रहरीमा खबर गरेका छन् । यस्तै यो बिषयलाई मिडियाले पनि ध्यान दिनु पर्ने उनले बताए । संविधान जारी मिति जेठ १४ नजिकिदै गर्दा जातिगत मागका आधारमा अहिले समग्र देश हिंसाको बाटो तर्फ उन्मुख भईरहेको छ । जुन बिषयमा नेताहरूले बोलका न्यूजहरूलाई दर्पणले फेसबुकमा पोष्ट गरेको देखिएको छ । तर आफूलाई साम्रदायिकतामा खलल पुर्‍याएको भन्ने झुठो आरोप लगाउदै आएको धम्की प्रति उनले खेद ब्यक्त गरेका छन् । 'प्रजातान्त्रिक मुलुकमा आफूले आफ्नो बिचार राख्न पाईन्छ तर मैले जातिगत राज्यको विरोध  देश र टुक्राउन पाईदैन भनिरहेका बेला उल्टै मलाई यस्तो आरोप आयो बुझ्न सिकिन मैले', सुरेशले भने ।

दर्पणले आफू धम्कीबाट नडाराएको तर सचेत नागरिक भएकाले प्रहरी र मिडियालाई यो कुरा जानकारी गराएको बताएका छन् । उनलाई धम्की दिने ब्यक्तिको बारेमा प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।