Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`धुँवा` पोस्टर बिबादमा

फिल्मीखबर, काठमाण्डौ, 2012/05/23

छायाँकनमा रहेको फिल्म 'धुँवा' को  पनि फस्ट लुक भन्दै निशा अधिकारीको तस्विरलाई प्राथमिकताका साथ राखेर पोस्टर बाहिर आएको छ । तर पोस्टर बाहिर आए लग्गतै बिबाद पनि बाहिरीएको  छ ।

 

ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठले आफूले अर्कै प्रयोजनका लागि खिचेको निशाको फोटो एक पटक नसोधी पोस्टर बनाएकोले उनी त्यसको बिरोधमा उत्रेका हुन् । एक बर्ष अगाडी नवनारी भन्ने पत्रिकाका लागि कमलले सो फोटो खिचेको बताउँदै त्यसको सम्पूर्ण राईट आफूसँग भएकाले राईट किनेर मात्र सो फोटो प्रयोग गर्न पाउने उनको भनाई छ । उक्त फोटो पत्रिकाको प्रयोजनका लागि खिचे पनि सम्पूर्ण खर्च आफैले गरेको हुनाले पनि नसोधी पोस्टर बनाउँदा दु:ख लागेको कमल बताउँछन् ।
 

फोटो राईट किने प्रयोग गर्न दिने बताउँदै कमल भन्छन्, 'एक पटक सोधेको भए सायद त्यत्तिकै पनि दिन सक्थें तर नसोधी अफिसियल्ली प्रयोग गरेकाले मैले त्यसै छोड्न मिल्दैन ।' त्यै पनि निर्मातासंग बार्ता गरेर  सम्झौता अनुसार अगाडी बढ्ने उनको भनाई छ । यता फिल्मका निर्माता राम प्रसाद रिजालले फेसबुक तिर आएका पोस्टरहरू अफिसियल नभएकोले फोटोग्राफरलाई आपत्ति नजनाउन आग्रह गरे । उनले भने, 'हामीले अहिले सम्म फस्ट लुक भनेर पोस्टर बनाएका छैनौं । कसैले फेसबुकमा राख्नका लागि बनाएको पोस्टर होला । हामीले आफ्नै फोटो प्रयोग गरेर नै पोस्टर बनाउने छौं ।'

 

२/४ दिन भित्रमा सुटिङ सकि सम्पादनमा जाने बताउँदै निर्माता रिजालले भने, 'अबको केहि दिनमा हामिले अफिसियल रूपमा नै पोस्टर बनाएर फस्ट लुक रिलिज गर्नेछौं ।' आर्यन सिग्देल र निशा अधिकारी अभिनित फिल्मलाई लक्षमण रिजालले निर्देशन गरिरहेका छन् । फिल्म लागुऔषध दुर्व्यसनीको कथामा आधारित छ ।