Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो मायाज बारको फष्टलुक

फिल्मीखबर, काठमाडौँ, 2012/05/22

यस अघि अक्षर  मात्र राखेर फष्ट लुक तयार गरेका दिनेश डिसीले मायाज बारको प्रोमोशनलाई तिब्रता दिदै नयाँ पोष्टर रिलिज गरेका छन् । श्रावण १८ गतेका लागि मोफसल र १९ का लागि राजधानी रिलिज डेट तोकिएको मेघा बजेटको सो फिल्म हाल सम्मकै उच्च लागनीमा बनेको नेपाली फिल्म भनिएको छ । फ्लोरमा झण्डै १ करोड दश लाख खन्याएका निर्माता सुनिल मानन्धरले दिनेशलाई दिएको बाचा बमोजिम यो फिल्म बनाएका हुन् जसकारण ५० लाखको स्टमेट डबल भईदिएपछी फिल्मी माहोलमा मायाज बारको चर्चा र आलोचना दुवै चलिरहेको छ  । 

 
 
 

कोही भन्छन् फिल्म राम्रो बन्छ भने बजेट बढाएर केही फरक पर्दैन तर कोही दिनेश डिसीलाई योजना विनाको निर्देशक समेत भन्न पछि परेका छैनन् । यध्यपी बागबजारमा रहेको प्रोष्टप्रोडक्सन हाउस सिने जोन पुग्ने हो भने दिनेशको कामको तारिफ नगर्ने सायदै भेटिएलान् । हुन पनि हो फिल्म निर्देशनमा कमब्याक भए लगत्तै दिनेशको हातमा अहिले फिल्मको लाईन नै लागेको छ ।

 
मायाज बार तयार हुदै गर्दा अब उनी रोज राणाको मेघा प्रोजेक्टको फिल्म हिरोईन निर्देशनमा ब्यस्त हुने छन् । त्यस लगत्तै उनी प्रदीप उदयको कमेडी फिल्म 'सरी ल' निर्देशनमा ब्यस्त हुने छ र पाँच करोड बजेटको उनको महत्वकाक्षी फिल्म 'प्यास' जसको अधिकाश सुटिङ दुवईमा हुने गरी यो बर्ष उनी पुरै ब्यस्त रहनेछन् । यि फिल्मका अलवा अहिले उनलाई झण्डै दर्जनको संख्यामा नयाँ देखि पुराना प्रोड्युसरले फिल्म निर्देशन गर्न प्रस्ताव गरिरहेका छन् । तर दिनेश यो बर्ष थप तिन फिल्ममा ब्यस्त हुने भएकाले यो बिषयमा उनले फाईनल गर्न सकिरहेका छैनन् । 
 
 
 
निशा अधिकारी मायाज बारकी लिड हिरोईन हुन् साथमा करिश्मा मानन्धर र राजेश हमालको केन्द्रिय चरित्रले पनि फिल्मलाई रोमान्चित बनाउने निर्माण कम्पनी श्री राम बालाजी फिल्समले जनाएको छ । यो  फिल्मबाट सम्भावना बोकेका कलाकार गजित विष्टले हिरोको रुपमा डेब्यू गर्दैछन् । सार्वजनिक गरिएको मायाज बारको फष्टलुकमा निशा र गजितको मात्र तस्बिर राखिएको छ ।