मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मह जोडीद्धारा सरकारले दिएको विभुषण बहिस्कार

फिल्मीखबर, काठमाडौँ, 2012/05/22

मह जोडी नेपाली कलाकारिताका खम्बा हुन् । उनीहरु हरेक बर्गका प्रिय कलाकार पनि हुन् त्यसैले त सरकारी स्तरबाट गरिने हरेक कार्यक्रममा उनीहरुको उपस्थिति सधै देखिने गरेको हुन्छ । तर मंगलबार भएको सरकारी स्तरको विशिष्ट कार्यक्रममा भने उनीहरु देखा परेनन् र कार्यक्रममा सरकारले दिन तयारी गरेको विभुषण पनि उनीहरुले ग्रहण गरेनन् । 

 
सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत सरकारले गत बर्षको जेठ १५ गते २ सय ७० जना ब्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने गरी नाम सार्वजनिक गरेको थियो तर लोकन्तन्त्र र गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका मह जोडीले निर्धारित समयमा दलहरुले संविधान जारी गर्न नसकेको प्रति दुखेसो ब्यक्त गर्दै सरकारले दिएको सम्मानले आफुहरुको बेईज्जत हुने भन्दै सम्मान ग्रहण नगरेका हुन् । यस्तै मह जोडी बाहेक कार्यबाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, बरिष्ठ पत्रकारद्धय कनकमणी दिक्षित र युवारज घिमिरे सहित ५१ जना अन्य ब्यक्तिले पनि सरकारले दिएको विभुषण बहिस्कार गरेका छन् ।
 
विभुषण प्रदान कार्यक्रम आज बिहान राष्ट्रपति कार्यालय सितल निवासमा गरिएको थियो जहाँ उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख ,प्रधानन्यायधिश सहित राजनीतिक क्षेत्रका  विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।