मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

बन्दले धुँवाको उड्यो धुँवा

सन्जोग बस्याल/ रेम बिक, पोखरा, 2012/05/21

बन्दले अहिले धेरै नेपालीहरुको धुँवा उडाईरहेको छ । यहि क्रममा चितवनको दुई हप्ताको शुटिङपछि काठमाण्डौमा थालिएको धुँवा फिल्मको बन्दको कारणले धुँवा उडेको छ ।

 

बन्दको मारमा धेरै नेपाली जनता परे पनि महंगो वजेटको फिल्म धुँवाको शुटिङ रोकिएपछि त्यसका निर्माताको रकम बृद्धि भएर दिमागको धुँवा उडिरहेको छ । शुटिङ रोकिएको कारणले उनको दिमागको धुँवा उडेको हो । बन्दले फिल्म धुँवाको शुटिङ रोकिएपछि फुर्सदमा रहेका आर्यनले पनि हाल आफ्नै डेरामा बसेर धुँवा उडाईरहेका छन् । नायक आर्यन सिग्देलले फिल्म धुँवाका लागी आठ लाख रुपैँया पारिश्रमिक लिएका थिए ।

 

विभिन्न समुदायले छुट्टाछुट्टै माग राख्दै बन्द गरेपछि हाल न कुनै फिल्म प्रदर्शनमा आएको छ न फिल्मको छायाँकन हुन सकेको छ । धुँवा फिल्म विकृति र विसंगतिको विषयमा जनचेतना फैलाउने उद्देश्य अनुरुप निर्माण गरिएको हो । पछिल्लो पुस्ता लागुऔषधको कुलतमा फस्दै गएको र त्यसबाट आउने परिणामको विषयमा फिल्म केन्द्रित छ । फिल्ममा लागुऔषध दुर्व्यसनीको भुमिकामा रहेका आर्यनलाई साथ दिएकी छन् नायिका निशा अधिकारीले । रामप्रसाद रिजालको निर्माण रहेको फिल्म धुँवाको निर्देशन लक्ष्मण रिजालले गर्दैछन् ।

 

फिल्म सुटिङका केहि आकर्षक तस्विरहरू -