मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.67/5.00)
Text size:-
+
-

सायद टिमले गर्‍यो नयाँ फिल्मको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/05/20

बन्दको जोखिम मोल्दै गत बैशाख २९ गते देखि रिलिज भएको सायद टिमको मुहारमा खुशीको चमक देख्न सकिन्छ । कारण सो फिल्मले बन्दको मारमा पनि सन्तोषजनक ब्यापार गरेकाले निर्माता सुनिल रावलको मुहारमा चमक देखिएको  हो ।

फिल्मले पहिलो साता भन्दा दोस्रो साता राम्रो बिजनेस गर्ने संकेत देखाएको थियो तर आईतबारको बन्दले फेरी पनि उत्साहजनक सायदको ब्यापारमा असर पुर्‍याएको छ । पहिलो साताको दोस्रो दिन शनिबार मात्रै सायदले राजधानीका २० वटा पर्दाबाट १८ लाख ग्रस कलेक्सन गरेको थियो भने दोस्रो साता हिजो शनिबार मात्रै ११ वटा पर्दाबाटै १७ लाख कलेक्सन भएपछी सायद पहिलो साता भन्दा दोस्रो सातामा थप अब्बल देखिएको हो । 'बास्तवमै दर्शकले फिल्म मन पराएर यो बन्दको बाबजुत पनि दोस्रो सातामा अझ राम्रो कलेक्सन भएकोमा हामी खुशी छौ । त्यसैले आउदो कात्तिक देखि नयाँ फिल्म पनि बनाउने तयारी गरेका छौ', निर्माता रावलले हर्षित मुद्रामा भने ।

दर्शकको चाह बुझ्न हरेक दिन विभिन्न हलको लवीमा फिल्म हेरेर मार्केटलाई थप बुझीरहेका रावलले सायद जस्तै क्याचि टाईटलमा नयाँ फिल्मको तय गरिने बताए । सम्भवत सुरज सुब्बा नै आफ्नो नयाँ फिल्मको निर्देशक हुने उनले बताएका छन् । यता फिल्मले दोस्रो सातामा पिकअप लिएपछी निर्देशक सुब्बाले पनि खुशी ब्यक्त गर्दै भने, 'यो फिल्मको सफलताले मलाई अझ हौसाएको छ त्यसैले आगामी प्रोजेक्टहरू सायद भन्दा उत्कृष्ट बनाउने मैले आत्मबल पनि बढाएको छु ।' सुब्बा हाल मेरो भ्यालेन्टाईनको निर्देशनमा ब्यस्त छन् ।

७२ लाखको बजेटमा बनेको सायदको ओभरसिज रिलिजबाट नेट १८ लाख हातमा परेको निर्माता रावलको भनाई छ । यस्तै हिजो शनिबार सम्म राजधानीका पर्दाबाट ६५ लाख ग्रस कलेक्सन गरेको उनले बिजनेश आँकडा टिपाए । यो बिषयमा वितरक संस्था डिसिएनको भनाई उद्रित गर्दै उनले भने, 'आउदो शुक्रबार र अर्को शुक्रबार पनि सम्भावत अरू फिल्म रिलिज नहुने भएकाले सायदले आशलाग्दो ब्यापार गर्ने सम्भावना अझै रहेको छ ।' दोस्रो सातामा आईपुग्दा क्यूका ९ वटा पर्दाबाट उत्रिएको सो फिल्म गोपीकृष्णमा अझै हाउसफुल छ । गोपीकृष्णमा टिकट नपाएपछी फिल्म हेर्न गएका दर्शले १ सय ५० पर्ने टिकटलाई ब्ल्याकमा २ सय बढी हालेर पनि किनेका थिए । यस्तै अन्य मल्टिप्लेक्समा ८० प्रतिशत ब्यापार गरिरहेको छ ।

 

समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाएको सायदलाई युवावर्गले ज्यादा रूचाईएको पाईएको छ । फिल्ममा निर्देशक नारयण पुरीका १९ बर्षे छोरा संयम पुरी लिड रोलमा छन् जसको अभिनयको प्रशंशा नगर्ने सायदै होलान् ।