मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाही मोहोत्तरीले पनि मनायो स्थापना दिवस

प्रदिप कार्की, सर्लाही, 2012/05/20
चलचित्र पत्रकार संघको पाँचौ शाखाको रुपमा बिस्तार भएको शाखा सर्लाही महोत्तरिले पनि चलचित्र पत्रकार संघको स्थापना दिवसको अवसरमा केन्द्रीय निती अनुसार आफ्नो सदस्य मनिस कार्कीलाई नगद रु. ५००१ ले पुरस्कृत गर्ने घोषण गरेको छ । बैठक सर्लाहीको लालबन्दीमा बसेको थियो । अबको प्रत्येक स्थापना दिवसको अवसरमा रु.५००१ बाट संघले पुरस्कृत गर्दै जाने जनाएको छ ।
 
मुख्य पदमा रहेका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षले पुरस्कार नलिने निर्णय गरेपछि सात जना सदस्यहरु बिचबाट मनिस कार्कीलाई छानिएको हो । कार्की सर्लाही स्थित हरिवनमा रहेको सामुदायिक रेडियो सर्लाहीमा चलचित्र सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएका छन् । बन्दका कारणले कार्यक्रम गर्न नसकिएकाले पुरस्कार राशी र पुरस्कृत हुनेको नाम घोषणा गरिएको शाखा अध्यक्ष चन्द्र राईले वताए । साथै साँझमा यस संघमा आबद्ध पदाधिकारिहरुद्धारा आ–आफ्नो संचारगृहमा दिप समेत प्रज्वलन गरिएको छ । 
 
शाखाले संघको स्थापना दिवसको अवसरमा सर्लाही तथा महोत्तरीका रंगपत्रकारहरुलाई चलचित्र पत्रकार संघको सदस्यता लिन आवहान गरेको छ । साथै केन्द्रीय कार्यसमितीका तर्फवाट सम्मानीत वरिष्ठ पत्रकार बिजयरत्न तुलाधर तथा पुरस्कृत सन्तोष रिमाल र सन्दिप सापकोटा एवं मोफसल पत्रकारिता पुरस्कारवाट पुरस्कृत चितवन शाखा अध्यक्ष दिपक आचार्यलाई वधाई समेत दिएको छ । साथै २०६८ मंसिर ३ मा गठन भएको यो शाखालाई अझ क्रियासिलताका साथ अगाडि वढाउने शाखा अध्यक्षले वताए ।