नेपाली चलचित्रको ईतिहास ४७ बर्ष पुगे पनि योसंग सम्बन्धित रहेको चलचित्र पत्रकारिताको संस्थागत ईतिहास सुरु भएको भर्खर एक दशक नाघेको छ । २०५६ सालदेखि सुरु भएको चलचित्र पत्रकारहरुको संगठीत हुने शैली आजको दिनसम्म देशब्यापी रुपमा बढिरहेको छ ।
भरत शाक्यको पहिलो कार्यकालले जसरी चलचित्र पत्रकारहरुलाई एउटै मालामा बाधेर राख्ने प्रयन्त गर्यो त्यसैगरी आज विदुर गिरीको पालमा पनि चलचित्र पत्रकारहरु संगठीत हुने कार्यले निरन्तरता पाईरहेको छ । गत बर्ष पनि यो दिवसको दिन औपचारिक कार्यक्रम गर्न नसकेको संघले बन्दको कारण यो पटक पनि औपचारिक कार्यक्रम गर्न सकेन । यध्यपी प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष विदुर गिरीले आजको मितिदेखि अझ बढी मर्यादित हुन सम्पूर्ण चलचित्र पत्रकारहरुलाई आह्वान गरेका छन् ।
बन्दले एक जुट हुन नसकेपनि आ-आफ्नै घरमा दीप प्रज्वलन गरी यो दिवस मनाउन चलचित्र पकारहरुलाई संघले आग्रह गरेको छ । यस्तै दिवसको अवसरमा संघले चलचित्र पत्रकारिता सम्मान २०६९ बाट बरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सम्मान गर्ने निर्णय गरेको छ भने हाल एनटिभी प्लसमा चित्रलहर कार्यक्रम चलाउने सन्दिप सापकोटा र नागरिक दैनिकका सन्तोष रिमाललाई चलचित्र पत्रकारिता पुरस्कारले पुरस्कृत गर्ने निर्णय गरेको छ । यसैगरी मोफसल पत्रकारिता पुरस्कार चितवन शाखा अध्यक्ष दीपक आचार्यलाई दिने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

