मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`संसार आफ्नै` प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/05/20

श्रावण १२ गतेबाट देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्म 'संसार आफ्नै' ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । यहि क्रमलाई निरन्तरता दिंदै निर्माण युनिटले फिल्मका प्रोमो सार्वजनिक गरेको छ ।

 
 झरना थापा, गोविन्द शाही, सुमन सिंह, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको सो फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । प्रेमकथालाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको सो फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अर्थात १६ बर्ष मुनिका बालबालिकाले फिल्म हेर्न जाँदा आफ्ना अविभावकलाई लिएर जानुपर्ने हुन्छ । फिल्ममा मा प्रयोग गरिएका केहि संवेदनशिल दृश्य र कथा रहेकाले बोर्डले पिजी सर्टिफिकेट दिएको निर्माता गोबिन्द शाही बताउँछन् ।
 
युवराज राईको छायांकन, बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतन/सूर्यको संगीत, योगेश रायमाझीको कथा, कविराज गहतराज र गोबिन्द राईको नृत्य तथा अष्ट महर्जनको द्वन्द रहेको सो फिल्म शिब शंकर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । काठमाडौं, धादिङ, कुलेखानी, गोरखा, नुवाकोट, चित्लाङ लगायतका स्थानमा फिल्मको छायाँकन गरिएको हो ।
 
'कहाँ छौ कहाँ' फिल्म निर्माण गरि प्रदर्शनमा ल्याईसकेका निर्माता शाहीले यस फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको दाबी गरे । उनले निर्माण गरेको अर्को फिल्म 'पराई' रिलिजको पोष्टप्रोडक्सनमा छ भने 'पुलिस' निर्माणको प्रि-प्रोडक्सनमा छ ।