मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुहार फेर्दै निलकण्ठ चित्र मन्दिर

बिरोध पोखरेल/ सुशील कार्की, दमक, 2012/05/19

करिव केहि दिनको वन्दको कारण अहिले जनजीवन अस्तव्यस्त वन्दै गएको यथार्थ सवैमा छ । हो त्यही वन्दको मारमा परेको छ यतीवेला नेपाली फिल्म उद्योग । बन्दले नै गर्दा यतिवेला फिल्मकर्मीहरु जेष्ठ चौधको पर्खाइमा छन् । 

 
यही बन्दको मौका छोपी दमक स्थित निलकण्ठ चित्र मन्दिर पनि मर्मतको क्रममा छ । लगभग २५ बर्ष अघि स्थापना भएको सिनेमा घरको यतिवेला संरचना फेरिदै छ । हल संचालक सञ्जु पराजुलीका अनुसार भित्री र बाह्य सम्पूर्ण संरचना पहिलो चरणमा मर्मत गरिन्छ र दोस्रो चरणमा सराउण्ड साउण्ड र सिटहरु मर्मत गरिने छ । दिन रात आँफै खटेर भए पनि तीव्र गतिमा मर्मत गरिरहेको बताउछन् पराजुली । 
 
अन्दाज, लुट, चपली हाइट र रावण जस्ता व्लकवस्टर फिल्म चलाउन सफल भएको हल अव आउने फिल्म सायदलाई लक्षित गरेर आउदो जेष्ठ बीस गतेबाट पुनःसञ्चालनमा आउने छ ।