मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थडे राते काईला

फिल्मीखबर, काठमाडौँ, 2012/05/19

तपाई आजदेखि कति बर्षको हुनु भयो ?  फिल्मीखबरले प्रश्न गरेपछी राते काईला उर्फ अभिनेता सुनिल थापाले भने 'आजबाट आईसी ३५ ।' जन्म दिनको शुभकामना छ राते काईलालाई जसले बलिउड ईन्डष्ट्री  छोडेर नेपालमा संघर्ष गरेको पनि २३ बर्ष पूरा भएको छ ।

 

पाल्पामा जन्मिएका यि बाघ अभिनेताले साढे दुई दशक देखि नेगेटिभ भूमिकामा आफूलाई सधै अब्बल बनाए जसको अभिनयको मापदण्ड गर्ने कुनै मेसिन पनि छैन भन्दा फरक नपर्ला । भारतीय फिल्म एक दुजे के लिए खेलेपछि नेपाल प्रवेश गरेका काईलाले तुलसी घिमिरेको हिट फिल्म चिनोमा पहिलो पटक अभिनय गरेसंगै उनको करिअर यो ईन्डष्ट्रीमा त्यतिबेला देखि अघि बढेको हो जसले फेरी फर्किएर अर्को पेशा रोज्नु परेन ।

काठमाण्डूको मध्यबानेश्वरमा एक्लै बस्दै आएका उनी शनिबार दिनभर शुभकामना लिन ब्यस्त रहे ।  यस्तै दिनभर उनी आफन्त र साथीभाईहरुको माझ रमाईलो गरिरहे । 'बन्दका कारण फ्री  हुन पाईयो अनि रमाइलो पनि गरिदैछ', हर्षित मुद्रामा उनले भने । अन्य बेला अबेर उठ्ने थापा आज बिहानै उठे अनि पशुपतिनाथ दर्शन गर्न  गए जहाँ उनले  असाहयहरुलाई पनि आफ्नो गक्ष्य  अनुसार सहयोग  गरे ।  यस्तै आरध्यदेवको  दरबार पुगेका थापाले आजको मितिदेखि मदिरा सेवन नगर्ने अठोट पनि ब्यक्त गरे । उनले भने, 'सिगरेट यस अघि नै छाडिसकेको छु तर आजबाट ह्विस्की नपिउने सकंल्प गरेको छु हेरौ कत्तिको सकिन्छ ।'

के छ त आज बेलुकीको कार्यक्रम भन्दा उनले भने, 'मेरो आफन्तको घरमा बर्थडे पार्टी राखेको छु जहाँ सिमित ब्यक्ति मात्र उपस्थित हुनेछन्  ।'  बन्दको कारण हाल दुई वटा फिल्मको सुटिङ रोकिएको अवस्थामा रहेका उनले विगत केही बर्षयता आफ्नो एङग्री एक्टिङमा बिबिधता  पनि  दिदै लगेका छन् । जसमध्ये कमेडी रोलमा  पनि आजकाल थापालाई देख्न सकिन्छ । उनीद्धारा अभिनित दुई दर्जन फिल्म रिलिजको तयारीमा छन् ।  अन्त्यमा फेरी पनि ह्याप्पी बर्थडे राते काईला !