मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

हिरोइनको कारण नवराजको फेरी टाउको दुख्यो

फिल्मीखबर, काठमाडौँ, 2012/05/19

पहिलो फिल्मको सुरुवातमै हिरोईन फेर्ने झन्झटमा परेका निर्देशक नवराज आचार्यलाई हिरोइनको कारण फेरी टाउको दुखेको छ । कान्तिपुर टेलिभिजनको जागिर छाडेर फिल्म निर्देशकको ट्याग भिर्न जसरी उनले जोश देखाएका थिए त्यो जोशमा केही ह्रास उत्पन्न भएको सजिलै अनुमान लगाउन सकिन्छ ।

 

एक हैन दुई हैन तीन-तीन जना हिरोईनबाट धोका पाएपछी नवराजको टाउको दुख्नु स्वाभाविक हो । डिभी लट्री  परेका कारण केही साता अघि अमेरिका हानिएका उनी परिवारलाई त्यहाँ सेटल गराएर पुनः नेपाल फर्किदैछन् कलिउड निर्देशनका लागि । तर फिल्म खेल्नका लागि तयार गरिएका हिरोईनले बारम्बार धोका दिएपछी उनी अहिले निकै चिन्तित छन् । भनिन्छ नि पूरा दिनको संकेत उदाउदो सूर्यबाट बुझनु पर्छ भनेझै नवराजको निर्देशनमा बन्न लागेका कलिउडको हिरोइन काण्डलाई कसरी बुझने ?

 

हुनत फिल्मीखबरले  त बुझ्न सकेको छैन तपाईले कसरी बुझ्ने ? तर पनि हिरोइनको कथा माथि बन्न लागेको फिल्म कलिउडमा हिरोइन फेर्ने काम अझै सकिएको छैन । सुरुमा साहाना बज्राचार्य सो फिल्मकी हिरोइन हुने भनेर प्रेस मिट गरेर सार्वजनिक गरियो तर नवराजको फिल्मी क्याम्पमा साहानालाई के चित्त बुझेन कुन्नी उनले नभ्याउने भन्दै सो फिल्म खेल्न मानिनन् । त्यसको केही समय पश्चात अर्की मोडल सिम्पल खनाललाई भिजे नवराजले खेल्न आग्रह गरे तर स्क्रिप्ट सुनाएको केही घण्टापछी कलिउड माहोलमा फेरी के भयो सिम्पल सो फिल्ममा अनुबन्धीत हुन सकिनन् ।

 

त्यसपछी नवराजको टाउको निकै नमज्जाले दुख्यो हिरोइन नपाएकाले । अनि उनले आग्रह गरे नम्रता श्रेष्ठलाई जोसंग एक महिना अघि उनले एग्रीमेन्ट गरेपछी ठूलै स्वाश फेरे ।  लिड रोलकी हिरोइन त फाईनल भईन तर सेकेण्ड लिडको लागि रिमा विश्वकर्मा रोजेका उनलाई रिमाको कारण पुन: तनाव भएको छ । भर्खरै मात्र भिजा गर्लको सुटिङबाट फ्री  भएकी रिमाले सो फिल्ममा सेकेण्ड लिड रोल निभाउने जानकारी कलिउड युनिटले फिल्मीखबरलाई गराएको थियो तर रिमाले स्क्रिप्ट सुनेपछी फिल्म नखेल्ने भन्ने उत्तर दिएपछी  नवाराजको हिरोइन घाउमा फेरी चोट लागेको छ ।


हाल अमेरिकामा रहेका उनले शुक्रबार राति फेसबुक वालमा लेख्दै भनेका छन्-  'एक्ट्रेस वान्टेड ईन यूएसए ।'  जहाँ उनले मेन  लिड आर्यन सिग्देल, नम्रता श्रेष्ठ बिष्णु कार्की र तपाई पनि हुन सक्नुहुन्छ भन्दै  हिरोईन वान्टेड गरेका छन् । उनले १८ देखि २५ बर्ष सम्मको उमेर क्राईट एरिया पनि तोकेका छन् र लेखेका छन्- नेपाली अमेरिकनलाई प्राथामिकता दिईने छ ।' आखिर मौखिक फाईनल भएकी रिमा किन कलिउडमा खेल्न मानिनन्  त ? फिल्मीखबरलाई म्यासेज पठाउदै नवराजले भनेका छन्-  'रिमालाई लिड रोलको अफर अरु फिल्मबाट आएकाले उसले सेकेण्ड लिड नगर्ने भएकी हुन् र यता नम्रतलाई लिडरोलमा साईन गरिसकेकाले हामीले उसलाई त्यो रोल पनि दिन सक्दैनौ त्यसैले । '

यो बिषयमा रिमासंग प्रश्न गर्दा उनले आफूलाई कुनै पनि फिल्मबाट अफर नआएको बताएकी छिन् । उनले भनिन्, 'दुई वटा बेड सिन भए पनि मैले खेल्ने ईच्छा देखाईरहेको थिए तर पुरै स्क्रिप्ट सुनेपछी त्यो क्यारेक्टर मेरा लागि दमदार लागेन अनि नखेल्ने निर्णय गरेको हुँ ।' जुलाई को  मध्ये  देखि सुटिंग सुरु  हुने भनिएको सो फिल्मको हिरोइन लफडाको बिषयमा रिमा र नवराजको कुरालाई जुधाउने हो भने दुबैको उत्तर एक आपसमा मेल खादैन । तसर्थ  हिरोइन माथि बन्न लागेको कलिउडमा आखिर बारम्बार हिरोइन लफडा किन भईरहन्छ ?  बुझ्न सकिएन बा !