मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र दिप्तीको रोमान्सलाई कतारमा देखाईयो

फिल्मीखबर, दोहा, 2012/05/18

नायक आर्यन सिग्देल र नवनायिका दिप्ती गिरी अभिनित फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' को कतारमा बिशेष प्रदर्शनी गरियो । फिल्मीखबर डटकम र पिएनपी मिडियाको संयुक्त आयोजनामा शुक्रबार दिउँसो कतारको दोहा स्थित गल्फ सिनेमा हलमा फिल्मको शो  गरिएको हो ।


सबिर श्रेष्ठले निर्देशन गरेको सो फिल्मलाई कतारमा रहेका नेपाली दर्शकहरूले निकै रूचाए । उपस्थित दर्शकहरूले फिल्मको कथाबस्तु, प्रस्तुती, गीतसंगीत तथा भिडियो क्वालिटी निकै राम्रो भएको बताए । नवनायिका दिप्तीको अभिनयको अधिकांशले प्रशंशा पनि गरे । कृषा चौलागाईंले निर्माण गरेको प्रेमकथामा आधारित सो फिल्मले नेपालमा व्यवसायिक सफलता हात पार्नेमा दुई मत नरहेको दर्शकको भनाई थियो । यो फिल्म यसअघि मलेशिया र इजरायलमा प्रदर्शन भईसकेको छ भने नेपालमा प्रदर्शनको तयारीमा छ ।

 

फिल्ममा आर्यन र दिप्तीको साथमा सन्दिप सापकोटा, शिशिर राणा, दिनेश डिसी, कमला रेग्मी, धिरेन शाक्य, दिनेश थापा लगायतको सशक्त अभिनय रहेको छ । शिब ढकालको छायाँकन, समन अधिकारी र कविराज गहतराजको नृत्य, दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत रहेको उक्त फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् ।