मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

Exclusive interview : `रेखासंग ओछयान अलग भएको दश महिना भयो` : छवि ओझा

डब्बु क्षेत्री, काठमाडौँ, 2012/05/18

अभिनेत्री रेखा थापा र उनका पति छविराज ओझावीच पछिल्लो समय दाम्पत्य सम्बन्ध राम्रो छैन । पत्नी रेखाको नाममा रहेको रेखा फिल्मसलाई निस्क्रिय बनाउन ओझाले आफ्नो नामको छविराज प्रोडक्सन खोलेका छन् । रेखा फिल्मसबाट छ वटा सिनेमा बनाएका छवि अब 'छविराज प्रोडक्सन' बाट फिल्म बनाउने तयारी गर्दैछन । रेखा र छवि पछिल्लो समय दाम्पत्य जीवनबाटै अलग हुने  अवस्थामा पनि पुगेका छन् । १२ बर्ष लामो यी दुईको दाम्पत्य सम्बन्ध किन टुट्ने अवस्थामा पुग्यो त यसै प्रसङ्गमा राजधानीका लागि डब्बु क्षेत्रीले ओझसंग गरेको बार्तालाप :

पछिल्लो समय तपाई र रेखा थापा बीचको दाम्पत्य सम्बन्ध राम्रो छैन भनिन्छ नि  ?

हो हामीबीच १० महिना देखि दाम्पत्य सम्बन्ध राम्रो छैन । यो कुरा म मिडियामा भन्न चाहान्नथें तर रेखाजी कै ब्यवहारले भन्न बाध्य भएको हूँ ।

त्यही भएर तपाईले पत्नीको नामको रेखा फिल्मस ब्यानर हुँदाहुँदै आफ्नो नाममा छविराज प्रोडक्सन स्थापना गर्नुभएको हो ?

यसको कारण पनि रेखाजी नै हो । रेखाजी कै कारण रेखा फिल्मसको ब्यानरमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देलजस्ता थुप्रै कलाकार काम गर्न चाहदैनन् । उनीहरुसंग रेखाजीको सम्बन्ध बिग्रीएको छ मेरो होइन । हुन त रेखा फिल्मस पनि मेरै हो । रेखा फिल्मसमा खेल्न नचाहने सवैलाई क्रमैसंग सिनेमामा समेट्न मैले छविराज प्रोडक्सन स्थापना गरेको हुँ । अब मेरो १४ औँ फिल्म पनि छविराज प्रोडक्सनबाटै बनाउछु । रेखा फिल्मसबाट बनाउदिन ।

 



तपाईले पत्नी थापालाई बेला बेलामा पेटीले पिटेको खबर एक मासिक पत्रिकाले केही समय अघि प्रकाशन गर्यो, दाम्पत्य सम्बन्ध विग्रनुमा पनि तपाईलाई नै दोषी ठहर्‍याईएको छ नि  ?
त्यो समाचार कामना मासिकमा मैले पनि पढे । रेखाजीको सोही समाचार पछी हामी बीच फाटो आएको हो । राजधानी दैनिक मार्फत रेखाजीलाई मेरो फेरी पनि प्रश्न छ म खराब   हो र मैले बेल्टले कुटेको हो भने मसंग किन बस्नुहुन्छ अलग हुनुस् होईन भने त्यो समाचार गलत हो भनेर खण्डन गर्नुस् । १० महिना अघि मैले यसै भन्दा उहाँले न त त्यो समाचारको खण्डन गर्नुभयो न त कुटेको प्रमाणित गर्नुभयो । सोही समाचार पछि हामी बीच बोलचाल बन्द भएको हो । अर्को तर्फ रेखाजीका सल्लाहकारहरुले मलाई दोषी ठहर्‍याउन विभिन्न जालझेल र समाचार बाजी गरिरहेका छन् ।

तपाईहरुबीच बोलाचाल मात्र हैन पति-पत्नीबीचको सम्बन्ध पनि छैन भनिन्छ नि ?
हो मैले दमन गरेको समाचारलाई र रेखाजीले प्रमाणित र खण्डन नगरेपछि १० महिना अघि फिल्म अन्दाजको सुटिङकै क्रममा बोलचाल बन्द भएको हो । हामीले मिडियालाई देखाउन बाहिर देखावटी बोलचाल गर् यौ  तर १० महिनादेखि हाम्रो सम्बन्ध दम्पतीको जस्तो छैन । एउटा घरमा बस्दा उहाँ माथिको फ्ल्याटमा सुत्नुहुन्छ भने म तल्लो फ्ल्याटमा सुत्छु । रेखासंग मेरो ओछ्यान अलग भएको १० महिना भयो । त्यसैले रेखाको दाइको बिवाह हुदा न त मलाई रेखाजीले बोलाउनु भयो न त उहाँको परवारले नै बोलाए । त्यही बेला मेरो विरुद्ध कामनामा उहाँको अन्तवार्ता आयो । मलाई नराम्रो बनाएर रेखाजी मबाट छुट्टिन चाहनुहुन्छ भन्ने एक पछी अर्को घटनाले प्रष्ट पारिसकेको छ ।

 

 



त्यसो त आफूले पतिलाई यौन सुख दिन नसकेको भनी रेखा थापाले गत साता एक पत्रिकामा बताईसक्नु भएको छ नि  ?

बोलचाल बन्द हुँदा र ओछ्यान नै अलग भएपछि कसरी उहाँले यौनसुख दिन सक्नुहुन्छ ? त यो कुरा सहि हो ।

तपाईहरुको बसाई त एउटै घरमा अझै होला नि  ?
छैन । उहाँ प्रायः आमासंग बस्नुहुन्छ । कहिलेकाही कति बेला म कहाँ आएर जानुहुन्छ । त्यो मलाई जानकारी हुन्न । उहाँ आजकाल कहाँ के गर्नुहुन्छ मलाई केही पनि जानकारी हुदैन । पति भएर रेखाजी बारे जानकारी हुन्न भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यो सत्य हो ।

रेखालाई तपाईले आफ्नो स्वार्थका लागि उपयोग गरेको आरोप पनि त छ नि  ?
त्यो गलत हो । मैले नेपाली सिनेमामा स्थापित हुन छविजीलाई सिँढी बनाए भनेर रेखाजीले नै मिडियालाई बताउनुभएको छ  । ०५७ सालमा मैले फिल्म 'हिरो' मा उहाँलाई नायिका बनाएँ । उहाँकै आग्रहमा रेखाजीसंग मागी विवाह गरे । रेखाजीकै नाममा फिल्म कम्पनी स्थापित गरे । आफ्नो छोराछोरी छाडेर उहाँको नाममा काठमाण्डौको गुहेश्वरीमा घर किनिदिए र १२ बर्षदेखि उहाँसंगै बस्दै आएको छु । रेखाजी दिनरात जोसंग हिड्दा पनि मैले कहिल्यै केही प्रश्न गरिन । उहाँले अहिलेसम्म मलाई घरमा एक कप चिया बनाएर खुवाउनु भएको छैन । १२ बर्षदेखि उहाँ सुतेको ओछ्यान हरेक दिन मिलाउने कोठादेखि शौचालय समेत मैले नै सफा गर्दै आएँ । पति होईन उहाँको कामदार जस्तो भएर रेखाजीसंग मैले यो १२ बर्ष विताएको छु । मैले नै उहाँलाई पेटीले हिर्काए म अरु केटीसंग हिँड्छु जस्ता विभिन्न आरोप मलाई लगाईएको छ तसर्थ  मैले उहाँलाई कसरी उपयोग गरे त  ?

आधा दशकदेखि रेखा थापाको कमाई निकै राम्रो छ । त्यसैले उहाँले तपाईलाई धेरै  नै पैसा कमाएर दिनुभयो होला नि  ?
देख्नेलाई त्यस्तो लाग्नु स्वाभाविक हो । तर १२ बर्षमा यो फिल्मबाट मैले यति पारिश्रमिक पाएँ भनेर रेखाजीले मलाई कहिल्यौ पारिश्रमिक बुझाउनु भएको छैन । उहाँले फिल्ममा काम गरेर, देश विदेशमा स्टेज कार्यक्रम गरेर, विज्ञापनमा काम गरेर निकै ठूलो रकम कमाउनु हुन्छ । यो अवधिमा उहाँले करोडौ कमाउनुभयो होला । त्यो पैसा कहाँ राख्नुभयो मलाई जानकारी छैन । रेखाजीले कार किन्दा मैले आधा रकम लगानी गरिदिएको छु । सधै रासन, घर खर्च, टेलिफोन विजुलीको विल मैले बेहोर्दै आएको छु । यहाँसम्म कि रेखा फिल्मसकै ब्यानरमा बनेका फिल्ममा मैले रेखाजीलाई नायिकाको रुपमा पारिश्रमिक पनि दिने गरेको छु । रावणमा नै मैले १ लाख ५० हजार रुपैया पारिश्रमिक दिएको हुँ । त्यसैले उहाँले दिदिसंग मिलेर आमाका लागि जोरपाटीमा घर किन्नु भएको सुनेको छु । चाबहिलमा फ्ल्याट किनेको समाचार पनि आएको छ । अरु कहाँ लागनी गर्नुभएको त्यो मलाई जानकारी छैन ।

तपाईहरुको बिग्रँदो दाम्पत्य जीवनको अब समाधान के त डिभोस्र हुदैछ भन्ने चर्चा पनि चलेको छ नि  ?
म पुरुष हुँ । नेपालको कानुनले मलाई डिभोस्रको अधिकार दिएको छैन । रेखाजीले मसंग बस्ने हो भने घर किनिदिएको छु । स्वतन्त्रता दिएकै छु । पति कर्तब्य निर्वाह गरेकै छु । त्यसैले संगै बस्ने हो भने मेरो नाम लिएरसंगै बस्नुपर्छ । मेरा सेखपछि यो सम्पती उहाँकै हो । यदि अलग हुने चाहना छ भने मैले कमाएको बाहेकका आफ्नो सम्पति के कति छ त्यो लिएर अलग हुन सक्नुहुन्छ । किनकि उहाँ अलगभएपछि म एक्लै बस्छु । म ४७ बर्षको भए । अब विवाह गर्दिन । आफूले कमाएको सम्पति नै मेरो बाच्ने साहारा हो  । आजकाल रेखाजीकै कारण म यति तनावमा हुन्छु कि स्लिपिङ ट्याब्लेट खाएर मात्र बल्ल निदाउँछु । त्यसैले म अ ब यस्तो तनावमा सधै बाच्न सक्दिन । यसको समाधान अब रेखाजीले नै निकाल्नु पर्छ ।


तपाईकी तेस्री श्रीमती रेखा थापा । तीन श्रीमतीसंग नै दाम्पत्य सम्बन्ध राम्रो भएन नि  किन हो  ?
हो यो मेरो दुर्भाग्य हो । मेरा कर्ममा श्रीमतीको सुख लेखेको रहेनछ । त्यसैले रेखासंग अलग भएँ भने फेरी बिहे नगर्ने निर्णयमा पुगेको छु । आफ्नो बाँकी जीवन फिल्म निर्माणमा विताउनेछु ।


साभार : राजधानी दैनिक

शुक्रबार प्रकाशित अंकबाट