मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फिल्म निर्देशनमा शोभितको सन्यास !

फिल्मीखबर, काठमाडौँ, 2012/05/18

आफू राम्रोसंग बजारमा नविकेपछी सन्यास घोषणा गर्ने धेरै फिल्मकर्मीहरु यहाँ छन् । जुन प्रसङ्गलाई केहि महिना अघि फिल्मीखबरले दुई जिब्रे सन्यासी भनी आर्टिकल सार्वजनिक गरिसकेको छ । तर निर्देशक शोभित बस्नेतले यो कुरा आफूमा लागु नभएको तर्क सहित सन्यास घोषणा गरेका छन् ।

१८ बर्षे फिल्मी करिअरमा हाल सम्म २४ वटा फिल्म निर्देशन गरिसकेका बस्नेत यो पटक २५ औँ फिल्म निर्देशनको तयारी छन् जसलाई लाईफको सम्भवत अन्तिम फिल्म भन्दै उत्कृष्ट बनाएर विश्राम लिने तयारीमा छन् उनी । उनले भने, 'पच्चिसौ फिल्म भएकाले मैले यो फिल्मलाई उत्कृष्ट बनाउने कोशिस गरेको छु जुन लाईब्रेरीमा राख्ने खालको होस त्यसैले सम्भवत २६ औँ फिल्मको निर्देशन अब मबाट हुदैन होला ।'

 

आखिर शोभितले किन फिल्म निर्देशन गर्न नचाहेका होलान् यसमा उनको विभिन्न कारण छ । उनले भने, 'सधै हतार सधै ब्यस्त कमसेम रेष्ट महसुस गर्ने हिसावले अब म प्रोडक्सनमा मात्र केन्द्रित  हुन्छु । अझ  एक शब्दमा भन्दा यो मेरो विश्राम भन्दा फरक नपर्ला । यदि डाईरेक्सनमा आए भने अहिलेको जसरी बार्षिक तीनवटा हैन तीन बर्षमा एउटा फिल्म गर्ने गरी फर्कन्छु  ।' होम प्रोडक्सन सलोन र सलिना फिल्मसको ब्यानरबाट अब उनी बार्षिक फिल्म बनाउने छन् जसका लागि नयाँ निर्देशकहरुलाई डेब्यू गराउने उनले आफ्नो योजना बताए । 

 

छवि ओझाले छवि राज प्रोडक्सन दर्ता गरेर अन्य ब्यानरको फिल्म समेत चलाउने रणनीति तय गरेझै शोभितले पनि आफ्नो दुई ब्यानरबाट नयाँ फिल्ममेकर उत्पादन गर्ने तयारी गरेका हुन् । यस्तै आफ्नो सन्यास घोषणासंगै शोभितले भुवन केसीसंग मिलेर फिल्म निर्माण गर्न लागेको पनि फिल्मीखबर मार्फत सार्वजनिक गरेका छन् । 'यो मेरा लागि पनि अहोभाग्यको कुरा हो', उनले भने, 'जाऊ हिड पोखरा सुटिङ सकिए लगत्तै भुवन दाईले निर्देशन गर्ने पहिलो फिल्मको प्रोड्यूसर म हुने छु ।' तर भुवनसंगको डिल अनुरुप ब्यानर भने भुवनकै काजोल फिल्मस रहने गरी मौखिक सहमति भईसकेको उनले बताए । यो बिषयमा उनले भने, 'साथी म तिम्रोको कतार र अष्ट्रेलियाको शो सकेर दाई नेपाल फर्किए लगत्तै हामीले स्क्रिप्टमा बस्ने निर्णय गरेका छौ ।'  तर सो फिल्ममा भुवनको छोरा अनमोल सोलो हिरोको रुपमा डेब्यू सम्भावना निकै कम रहेको उनले बताए ।

यस अघि भुवनले आफूले निर्देशन गर्ने पहिलो फिल्ममा छोरो अनमोललाई सोलो हिरोको रुपमा डेब्यू गराउने घोषणा गरेका थिए तर शोभितले भनेझै अनमोल भुवनको पहिलो फिल्ममा नखेल्ने बिषयमा फिल्मीखबरले भुवनसंगको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन सकेनन् । शोभित आउदो बिहिबार देखि जाऊ हिड पोखराको सुटिंगमा ब्यस्त हुने छन् ।