मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप कस्पालले `काब्या एण्ड कृष्ण` बनाउने

फिल्मीखबर, काठमाडौँ, 2012/05/18

म्यूजिक भिडियो निर्देशन यात्राबाट विग स्क्रिनको फिल्म निर्देशनमा प्रदीप कस्पालको नाम पनि थपिने भएको छ । भुषण दाहालले कागबेनी बनाए पश्चात फिल्मी यात्रा रोके पनि उनका ठूला प्रशंसक तथा सहकर्मी कस्पालले फिल्मी यात्रालाई यो बर्षदेखि अगाडी बढाउने तयारी गरेका छन् । 

 

बाह्र बर्षे मिडिया फिल्डको अनुभवमा विगत तीन बर्ष देखि म्यूजिक भिडियो निर्देशनमा हात हालेका कस्पालले हाल सम्म एक सय वटा म्यूजिक भिडियोको सफल निर्देशन गरिसकेका छन् । 'म्यूजिक भिडियोमा पाएको सफलतासंगै फिल्म निर्देशन मेरो लागि ठूलो चुनौती हुने छ तसर्थ दह्रो होमवर्क गर्दै फिल्म निर्देशनमा डेब्यू गर्दैछु', उनले  भने । ९ बर्ष कान्तिपुर टेलिभिजनमा हिट कार्यक्रम उत्पादन निर्माताको रुपमा परिचित, त्यसपश्चात हिमालय टेलिभिजन स्थापनामा ठूलो योगदान सहित एक बर्ष कार्यकारी निर्माता पद र हाल सम्पूर्ण मनोरजंन विद्यालाई समेटेर प्रसारणमा आएको टेलिभिजन इ-२४ मा प्रमुख कार्यकारी निर्माताको रुपमा कार्यरत उनी आउदो भदौ महिनाबाट फिल्म 'काब्या एण्ड कृष्ण' लिएर फ्लोरमा जादैछन् ।  ई-२४ पनि उनकै पहलमा न्यूज २४ संचालन गरेको नेपाल ब्रोडकाष्ट मिडियाले स्थापना गरेको च्यानल हो  ।
 

'मेरो फिल्मको कथा बिसुद्ध साधारण लभस्टोरीमा आधारित हुने छ तर मेकिङ शैली अहिलेको अवस्थामा चलिरहेको भन्दा केही पृथक हुने छ', उनले भने । फिल्मका लागि काष्ट चयन भईसके पनि तत्काल सार्वजनिक नगर्ने बताए उनले बताए । 'नयाँ अनुहार भन्दा पनि चलेकै अनुहार फाईनल गरेको छु जसको सर्वाजनिक औपचारिक रुपमै हुने छ', उनले भने ।  काब्य एण्ड कृष्णको हाल स्क्रिप्ट र गित लेखन कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी गराए ।

यस अघि म्यूजिक भिडियो निर्देशन यात्राबाट फिल्ममा जम्प गर्दा आलोक नेम्बाङ र प्रशन्न पौडेलले जसरी चर्चा पाएका छन् कस्पालले पनि फिल्ममा डेब्यू गर्दा प्रशंशा पाउन फिल्मीखबर यहि कामना गर्छ ।