
फागुन ८ गते देखि फ्लोरमा गएको मायाज बारको सुटिङ शुक्रबारको मितिसम्म आईपुग्दा झण्डै तीन महिना पुग्छ । ५० लाखमा फिल्म सक्ने स्टेमेट गरेका निर्माता सुनिल मानन्धरको बजेट बढेर एक करोड फ्लोरमै नाघिसकेको अवस्था छ । तर पनि फिल्ममा कति बजेट अरू लाग्ने हो त्यो भन्न सकिने अवस्था छैन ।
दिनेश डिसीको निर्देशनमा तयार भईरहेको सो फिल्मको रिलिज डेट श्रावण १८ तोकिएको छ जस अनुरूप सुटिङ लम्बिरहदा फिल्मको सम्पादन कार्य पनि करिव सकिएको अवस्था छ । 'अरूले ७५ दिनमा फिल्म बजारमा ल्याईसक्छन् मेरो त नाघिसक्यो त्यसैले श्रावण १८ को डेटका लागि ब्यापक प्रमोशन सहित मायाज बार रिलिज हुने छ', निर्माता मानन्धर भन्छन् ।
वितरणमा अब्बल मानन्धर एक दशकको यात्रामा गत बर्ष पहिलो पटक फेल खाए । कारण उनले जति पनि फिल्म वितरण गरे त्यसबाट एक रूपैया नाफा निकाल्न सकेनन् । यति सम्म उनले वितरकको हैसियतले हाल सम्मकै उच्च ६० लाख लगानी गरेको आई एम सरीमा उनको बजेट मात्र सो फिल्मले उठायो भने अर्का निर्माता हरि महतलाई सो फिल्मले जोगी बनायो । अहिले हरी कहाँ कुन दुलोमा छन् कसैलाई अत्तोपत्तो छैन ।
यता आई एम सरी भन्दा उच्च शैलीले फिल्म मायाज बार बनाएका सुनिल जिवनकालकै अन्तिम फिल्म हुने बताउदै आएका छन् । दिनेश डिसीको निर्देशनमा उनी थाकेको विभिन्न फिल्मीजमघटमा उनले बताउने पनि गरेका छन् । आखिर किन थाके सुनिल ? फिल्म रिलिज पछि रिजल्ट आउने छ तर मायाज बारको चर्चा अहिले बजारमा ब्यापक छ । किनकी महंगो सेटमा क्लासिक खिचाईका कारण सिने जोन स्टूडियो हर कोही पुग्नेले यो फिल्मको बखान एक पटक जो कोहीको सुन्न सक्छ ।
बारम्बारको विभिन्न अबरोध, सोही अबरोधका बाबजुत निर्माता निर्देशकको मनमुटावका बाबजुत यो फिल्मको प्रोष्टप्रोडक्सन कार्यले पनि तिब्रता पाएको छ । तर सुटिङ सकिन अझै एक दिन लाग्ने भएपछी सुनिल थप चिन्तित छन् । उनले भने, 'जाऊ हिड पोखराले क्यामेरा लानु पर्ने भएकाले जेठ १६ सम्म सो सिन नखिच्ने भन्दै क्यामेरा उता दिने निर्णय गरिएको छ । अब मात्र एक दिनको काम बाँकी छ त्यसैले फिल्मको बजेट रिलिज डेट सम्म यतिनै होला भन्न सकिने अवस्था छैन ।' फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी तथा नयाँ हिरो गजित बिष्ट लिड रोलमा छन् ।