
बन्दको चपेटामा पर्दै भोली शुक्रबारबाट एमएस अग्रज निर्देशित फिल्म 'मार्यो नि मायाले मार्यो' राजधानीका १५ वटा जति हलमा रिलिज हुने भएको छ । एक बर्ष अघि मोफसलबाट प्रदर्शनमा आएको सो फिल्मले लगातारको बन्दमा पनि आफ्नो रिलिज यात्रा तय गरेको हो ।
स्वच्छन्द भैरब फिल्म्सको व्यानरमा बाबु बलामीले निर्माण गरेको सो फिल्ममा राजेश हमाल, शोभिता सिम्खडा, प्रमोद खड्का, हिमाल काफ्ले, गीता अधिकारी, शिवानी बलामी लगायतको अभिनय रहेको छ । राजनीति, सामाजिक संरचना एवं माया प्रेमका कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा सुरेश चौधरीको नृत्य, मनोहर सुनामको संगीत, सौरभ लामाको छायांकन र बीएस बलामीको द्वन्द्व निर्देशन रहेको छ ।
केहि साता अगाडी प्रदर्शन भएको फिल्म 'भैहाल्छ नी' का निर्देशक अग्रजको यो डेब्यू फिल्म हो । उनले निर्देशन गरेको अर्को फिल्म 'दबदबा' पनि रिलिजको क्रममा छ ।