मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पोष्ट प्रोडक्सनमा सहिद भयो वीर

फिल्मीखबर, काठमाण्डौ, 2012/05/17

एक बर्ष अगाडी नै छायाकंन सकिएको दीपक श्रेष्ठ निर्देशित फिल्म वीर सुटिङ सुरू हुँदा देखिनै विभिन्न लफडा परेको थियो । सुरूवाती दिनमा एक नयाँ हिरोले सो फिल्ममा  काम गर्न नसकेपछि उनको स्थानमा अभिनयका अब्बल हिरो दीलिप रायमाझीलाई अनुबन्धित गराईयो जस अनुरूप सो फिल्मको सुटिङ विभिन्न उतार चढावका बाबजुत जेनतेन सकियो । तर झण्डै एक बर्षदेखि अनामनगरमा रहेको पोष्टप्रोडक्सन कम्पनी कालिगण्डकी स्टूडियोमा सो फिल्म यसरी थन्कियो कि अब तयारी  हुने सम्भावना निकै कम छ ।

वान लाईन एडिटिङ सक्याएपछि सो फिल्मको अन्य काम नबढेको महिनौ भैसक्यो । फिल्मका फाईल पनि कहाँ कता स्टोर भएर बसेका छन् त्यो पनि भन्न सकिने अवस्था छैन । किनकी निर्माताहरूको आपसी विवादले फिल्मको फिनिशिंग सम्भवाना निकै न्यून  छ । फिल्ममा रम्बा ओली, किरण थापा र अर्का एक ब्यक्तिको लगानी छ तर किरण बाहेक अन्य दुई निर्माता कहाँ छन् के गर्दैछन् त्यो कसैलाई थाहा छैन ।

 

'मैले फिल्म तयार गर्न नसक्ने हैन तर रम्बाजीहरू सम्पर्क बाहिर भएको धेरै भैसकेकाले फिल्म तयार होला जस्तो मलाई लाग्दैन', निर्माता किरण थापाले भने । दाङ र काठमाण्डूमा सुटिङ भएको सो फिल्ममा रेखा थापा, यस कुमार र कल्पना शाही पनि लिड रोलमा छन् । फिल्मका कलाकार तथा प्राबिधिकले पाउनु पर्ने पूर्ण पारिश्रमिक पनि नपाएको बुझिएको छ ।