
भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'बडीगार्ड' को भिडियो गीत फिल्मीखबरबाट प्रिमियर गरिएको छ । प्रिमियर गीतमा हेरोइन सञ्चिता लुइँटेलको पूर्व पति आकाश शाहले शब्द मार्फत नायिका सौजन्य सुब्बा समक्ष आफ्नो पिडा पोखेका छन् ।
देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको एक्सन फिल्म 'बडीगार्ड' को प्रिमियर गीतमा हरि लम्सालको शब्द संगीत रहेको छ । धमेन्द्र सेवानले गाएको सो गीतमा बब्बु थापाको करियोग्राफी हेर्न सकिनेछ । लामो समय देखि भारतमा रहेर अभिनयमा दक्षता हासिल गर्न संघर्ष गरिरहेका आकाश शाहको यो डेब्यू फिल्म हो । सुटिङ पूर्व नै चर्चामा रहेका आकाशको शारिरीक बनावटको अहिले निकै चर्चा पनि छ ।
'बडीगार्ड' लाई सुशिल पोखरेलले निर्माण गरेका हुन् भने राजेन्द्र उप्रेती सो फिल्मका निर्देशक हुन् । आउट एण्ड आउट एक्सन लभस्टोरी शैलीको फिल्म भनि संज्ञा दिईएको सो फिल्ममा आकाश र सौजन्यको साथमा दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । फिल्मको सुटिङ हेटौंडा, चितवन र काठमाण्डौमा गरिएको हो ।