
बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षको कथाको साथमा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको फिल्म हाइवे यतिबेला निकै चर्चामा छ ।
इलामबाट काठमाण्डौ हिंडेको बसलाई मेरूदण्ड बनाईएको फिल्म 'हाइवे' लाई दिपक रौनियारले निर्देशन गरेका हुन् । असार १ गते नेपालबाट रिलिज हुन लागेको सो फिल्मलाई जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको थियो । अर्न्तराष्ट्रिय बजारको खोजी गर्दै १६ लाख एडभान्समा अष्ट्रेलिया रिलिजको अधिकार दिईएको सो फिल्मलाई आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माण गरेका हुन् ।
अमेरिकामा पोष्टप्रोडक्सन गरिएको फिल्म हाइवेमा सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्रले अभिनय गरेका छन् । फिल्मलाई निर्देशक रौनियारले नेपाली फिल्मको विकासमा नयाँ आयाम समेत भन्न भ्याएका छन् । हाइवेलाई नेपालमा नरेन्द्र महर्जनले वितरणको जिम्मा लिएका छन् ।
फिल्मका केहि तस्विरहरू-
थप तस्विरहरू हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ! Click here