
पारिवारिक तनावका कारण रेखा थापाको निन्द्रामा के कति असर पारेको छ त्यो थाहा हुन सकेको छैन तर उनका पति छवि ओझालाई भने तनावले निकै सताएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार विगत दश महिना देखि विग्रिएको उनीहरूको सम्बन्ध पूर्ण रूपमा धमिलिएपछी यि दम्पत्तीको दैनिकीमा परिवर्तन आएको हो।
निन्द्रा नलागेपछी छवि आजकाल स्लीपीङ ट्याबलेटको साहराले रात काट्ने गरेका छन् । जिन्दगीमा पहिलो पटक ट्याबलेट प्रयोग गर्न थालेका ४७ बर्षे छवि औषधीको नशाका कारण बिहान ८ बजे सम्म बेहोसी अवस्था रहने गरेको स्रोत बताउछ । 'पहिले-पहिले उनी ६ बजे अघिनै उठ्थे तर आजकाल सुत्ने टाईम रातको १२–१ हुन्छ अनि उठ्ने टाईम बिहान ८ ।' श्रोत बताऊछ
यस्तै श्रोत भन्छ 'रावण रिलिज ताका फेसबुकका सदस्य भएका छवि तनावले निन्द्रा नलागेपछी आधा रात काट्न अबरेसम्म अनलाईनमा हुन्छन् । त्यसपश्चात एउटा ट्याबलेड खान्छन् अनि मस्त भएर बिहान ८ बजे सम्म बेहोसी भएर सुत्छन् ।' हुन पनि हो केही साता यता छवि रातको १२ देखि १ बजे सम्म अनलाईनमा रहने गरेको फिल्मीखबरले पनि देखिरहेको छ । श्रीमती थापासंगको सम्बन्ध धमिलिएपछी छवि निकै चिन्तित भएका हुन् ।
हरेक कन्ट्रोभर्सी र गसिप पचाउन सक्ने फिल्मकर्मीले पनि परिचित छविलाई यो पटकको घरायसी समाचारले केही विचलित बनाएको हो । यस्तै बुझ्नमा आएको जानकारी अनुसार रेखाले कुनै युवतीको प्रेममा छवि परेर आफूलाई वेवास्ता गरेको बनाटी आरोप लगाउदै छविबाट पूर्णरूपमा अलग्गिने योजना बनाएको स्रोत दावी गर्छ । तर घटना र परिस्थीले के कसरी मोड लिने हो त्यो भने आगामी दिनमा थाहा हुने छ । यध्यपी रेखा र छविको विग्रिएको सम्बन्ध सुधार्न एक फिल्मकर्मीले मध्यस्तकर्ताको भूमिका खेलिरहेका छन् । यदि सम्बन्ध सुधार्न ती मध्यस्तकर्ता सफल भए साईन गरिसकिएको शोभित बस्नेतको फिल्म जाऊ हिड पोखरा रेखाले छाड्ने र छविराज प्रोडक्सनको फिल्म खेल्न रेखा राजी हुनेछिन् ।
छविराज प्रोडक्सनले असार ७ गते नयाँ फिल्मको शुभसाईत गरी सोही दिन देखि छायाकंन सुरू गर्दैछ । जसलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । सो फिल्ममा आर्यन सिग्देल लिड रोलमा रहन सक्ने पनि प्रबल सम्भावना छ । किनकी रेखासंग आर्यनको सम्बन्ध विग्रिएकाले उनले रेखासंग कुनै पनि फिल्म नखेल्ने बताउदै आएका थिए तर रेखासंग स्वयम उनका पतिको असन्तुष्टी बढ्नु अनि रेखा फिल्मस छाडी छविराज प्रोडक्सन दर्ता भएकाले आर्यन छविको आउदो प्रोजेक्टमा देखिने प्रबल सम्भावना देखिएको हो । आर्यन सम्भावना केलाउने हो भने बैशाख ८ गते भएको शो सिम्पलको मुहुर्त समारोहमा आफ्नो नयाँ फिल्ममा खेल्न छविले आर्यनलाई आग्रह गरेको समाचार फिल्मीखबरले प्रकाशित गरिसकेको छ ।
यध्यपी छविसंग जोडिएका यी घटनाक्रम कसरी अघि बढ्ने हुन समयले बताउदै जाने छ तर रेखासंगको सम्बन्ध सुध्रिएर अगाडी बढ्ने बिषयमा छविको भनाई उदित गर्दै श्रोत भन्छ, 'रेखासंगको सम्बन्धमा मेरो तर्फबाट फूल स्टप लागिसकेको छ ।' यस्तै फिल्मीखबरले पाएको सुईको अनुसार छविराज प्रोडक्सनले निर्माण गर्ने पहिलो फिल्ममा नयाँ हिरोईन डेब्यू गर्दैछिन् । जो अमेरिकाबाट केही दिनमा नेपाल ल्याण्ड हुने बुझिएको छ । उनको लुक्स झट्ट हेर्दा करिश्मा मानन्धर जस्तो रहेको पनि बुझिएको छ । र, यहि बिषयमा केन्द्रित भएर श्रोत भन्छ, 'ती हिरोईन सार्वजनिक हुँदाको दिन समग्र इन्डष्ट्री एक पटक छक्क पर्छ ।'