मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म सिटीका लागि भु-उपयोगको स्वामित्वको काम अन्तिम चरणमा

फिल्मीखबर, काठमाण्डौ, 2012/05/16

लामो समय देखि निर्माण गर्ने भनिंदै आएको फिल्म सिटीलाई मूर्त रूप दिन बोर्ड अहिले दौडधुपमा लागेको छ । कहिले पोखरा त कहिले दोलखामा फिल्म सिटी निर्माण गर्ने योजना बुनेको बोर्डले चारैतिरबाट आलोचना खेपेपछि दोलखामा फिल्म सिटी निर्माण कामलाई फत्ते गर्न तर्फ लागेको छ ।
 

दोलखामा निर्माण गर्ने भनिएको फिल्म सिटीका लागि नेपाल सरकारबाट अनुमति पाईसकेको विकास बोर्डले भु-उपयोगको स्वामित्व पाउने काम पनि अन्तिम चरणमा पुगेको बताएको छ । बोर्डका सदस्य निलहरी काफ्लेले भने, 'प्रशासनिक कामले गर्दा ढिला भएको हो । अब प्रशासनिक काम अन्तिम चरणमा छ । त्यसपछि सरकारी र निजी क्षेत्रसँग अर्न्तक्रिया गरेर निर्माण कार्यलाई अगाडी बढाउँछौं ।'

 

सरकारी क्षेत्र र निजी क्षेत्रको साझेदारी फिल्म सिटी बन्ने भएकाले पनि सरकारी क्षेत्र र निजी क्षेत्रको साझेदारी फिल्म सिटी बन्ने भएकाले पनि 'पब्लिक सर्भिस पार्टनरसिप' (पिपिपि) को बारेमा छलफल गरेर नीति तर्जुमा निर्माण गरि काम अगाडी बढ्ने काफ्लेको भनाई छ । दोलखाको लाँकुरीडाँडा गाविसमा निर्माण हुने फिल्म सिटीका लागि चिनियाँ सरकारले सहयोग गर्ने बताईएको छ ।

 

यस्तै भदौ ४ गते कतारमा हुने भनिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको काम पनि अगाडी बढिरहेको बोर्ड सदस्य काफ्लेले बताए । विदेशमा नेपाली फिल्मको बजार फराकिलो बनाउन आयोजना गर्न लागिएको सो महोत्सवमा नेपालका डेढ सय भन्दा बढि फिल्मकर्मीको उपस्थिती हुने बताईएको छ । बोर्डले केहि दिन अगाडी सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव गरिसकेको छ ।