
केहि समय अगाडी छायाँकन भएर हाल रिलिजको क्रममा रहेको फिल्म 'माई ब्रदर' ले नायक जीवन लुईटेललाई मुख्य भुमिकामा प्रस्तुत गरेको सार्वजनिक पोस्टरले देखाउँछ । जीवनको साथमा नायिका सुमिना घिमिरे र टिभी फिल्मीले आयोजना गरेको को बन्छ कलाकारबाट छानिएका दिपक पाण्डेले फिल्ममा अभिनय गरेका छन् ।
रमाईलो प्रसङ्ग त यो छ कि पोस्टरमा प्रमुखताका साथ जीवनको अनुहार राखिएको छ तर फिल्ममा भने उनलाई एक मिनेट पनि देख्न मुस्किल पर्नेछ । फिल्मको एक सिनमा जीवनले फिल्मका पात्रलाई एक कार्यक्रम विच बधाई दिंदै सम्मान गरेका हुन्छन् र आफ्ना दुई शब्द राखेका हुन्छन् । त्यहि एक सिनमा आधारित भएर निर्माण युनिटले जीवनको तस्विर पोस्टरमा प्रयोग गरेको छ ।
हुनत यो प्रचलन पुरानै हो । राजेश हमाल, बिराज भट्ट, निखिल उप्रेती जस्ता स्टारको टाउको राखेर धेरै फिल्म मेकरले फिल्म बेचेको हामी देख्दै आएका छौं । मेकरले व्यवसायिक हिसाबले चलेको अनुहार राख्ने गरे पनि यसलाई दर्शक झुक्याउने मेलो भन्दा फरक पर्दैन । फिल्म राम्रो बनेको छ भने एक सिनमा देखिने कलाकारको टाउको राखेर फिल्म चलाउन खोज्नु पक्कै बुद्धिमानी भने हैन ।
फिल्मका निर्देशक बिष्णु भट्टराईले पनि त्यहि परम्परालाई आत्मसाथ मात्र गरेका हुन् । जातिय कथामा आधारित सो फिल्मलाई मैना देबी र सरू भण्डारीले निर्माण गरेका हुन् । अविरल फिल्म्सको व्यानरमा निर्माण भएको सो फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।